Comments Add Comment

एकै दिन दुई जनासँग याै!न सम्पर्क राखेकी १९ वर्षीया युवतीले फरक पिता भएका जुम्ल्याहा बच्चा जन्माइन्

अमेरिकामा एक १९ वर्षीया युवतीले फरक बुबाबाट एकैपटक जुम्ल्याहा सन्तानलाई जन्म दिएकी छन् । यस्तो किसिमको गर्वाधान लाखौँमा एक हुन सक्छ । अचम्मको घटना भए पनि यो असम्भव भने नहुने वैज्ञानिकहरूको भनाइ छ ।

चिकित्सकहरूका अनुसार यसलाई हेटेरोप्याटर्नल सुपरफेकन्डेसन भनिन्छ । एकै दिन दुई पुरुषसँग यौन सम्पर्क राखेकाे नौ महिनापछि ती महिलाले जुम्ल्याहा बच्चा जन्माएकी हुन् ।

उनले आफ्नो आशंकालाई प्रमाणित गर्न पितृत्व परीक्षण गर्ने निर्णय गरेकी थिइन् । महिलाले एक जना पुरुषलाई बच्चाका बुबा मान्थिन् र उनकाे डीएनए परीक्षण गरिन् तर एक बच्चाको मात्रै डीएनए मिलेको थियो ।

‘त्यसपछि मलाई अर्का पुरुषसँग पनि यौन सम्पर्क गरेको याद आयो र उनलाई परीक्षण गर्न बोलाएँ’, ती महिलाले एक अन्तर्वार्तामा भनेकी छन्, ‘डीएनए मिलेको नतिजापछि म छक्क परेँ । मलाई थाहा थिएन कि यो हुन सक्छ ।’

महिलाका चिकित्सक डा टुलियो फ्रान्कोले अचम्मकाे घटना भए पनि याे लाखाैँमा एक हुन सक्ने बताए । डाक्टरका अनुसार बच्चाहरूको आनुवंशिक संरचना आमाको जस्तै छ । अहिले यी बच्चाहरू १६ महिनाका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै