Comments Add Comment

मनाङ `ख´बाट दिपक मनाङेलाई गठबन्धनले सघाउने

कांग्रेस मनाङले प्रतिनिधि सभातर्फ प्रत्यक्षमा केन्द्रीय सदस्य टेकबहादुर गुरुङलाई सर्वसम्मत सिफारिस गरेको छ । मनाङ कांग्रेसको जिल्ला कार्यसमिति बैठकले क्षेत्रबाट आएको सिफारिस अनुसार नेता गुरुङलाई एकल र सर्वसम्मत रुपमा उम्मेदवारको रुपमा सिफारिस गरेको पार्टी जिल्ला सभापति शंकर गुरुङले जानकारी दिए ।

यसैगरी प्रतिनिधि सभाको समानुपातिकतर्फ महाधिवेशन प्रतिनिधि च्यूङ गुरुङ (कर्मा)लाई सिफारिस गरिएको छ ।

प्रदेश सभा निर्वाचन क्षेत्र ‘क’

प्रदेश सभा निर्वाचनका लागि निर्वाचन क्षेत्र ‘क’ मा भने कांग्रेसले प्रत्यक्षतर्फ चारजनाको नाम सिफारिस गरेको छ । प्रत्यक्षतर्फको उम्मेदारका लागि सिफारिस हुनेहरुमा पार्टी महासमिति सदस्य साङदो लामा, जिल्ला उपसभापती चन्द्र घले, क्षेत्रिय सभापती छिरिङ घ्याल्पो लामा र प्रदेश अधिवेशन प्रतिनिधी मुनिन्द्रजङ गुरुङ रहेका छन् । बैठकको निर्णयानुसार प्रदेश सभा निर्वाचन क्षेत्र ‘क’ का लागि समानुपातिकतर्फ जिल्ला सचिव महेन्द्र घले सर्वसम्मत सिफारिस भएका छन् ।

प्रदेश सभा निर्वाचन क्षेत्र ‘ख’

कांग्रेस मनाङले आगामी मंसिरमा हुने प्रदेश सभा निर्वाचन ‘ख’का लागि राजीव गुरुङ (दिपक मनाङे) लाई समर्थन गर्ने भएको छ । प्रदेश सभाका लागि दुई निर्वाचन क्षेत्र रहेको मनाङमा निर्वाचन क्षेत्र नं. ‘ख’ मा स्वतन्त्र उम्मेदवारको रुपमा राजिव गुरुङलाई समर्थन गर्ने निर्णय भएको जिल्ला सभापति गुरुङले जानकारी दिए ।

कांग्रेस जिल्ला कार्यसमिति मनाङको बिहीबार बसेको बैठकले गण्डकी प्रदेश सरकारका मन्त्री समेत रहेका गुरुङलाई समर्थन गर्ने निर्णय गरेको हो । कांग्रेस नेतृत्वको प्रदेश सरकार बनाउन भूमिका खेलेका वर्तमान खेलकुद मन्त्री गुरुङलाई गठबन्धनको भावना र पार्टीको नीतिअनुसार सहयोग गर्ने निर्णय गरेको कांग्रेस मनाङले जनाएको छ ।

अघिल्लो निर्वाचनमा पनि स्वतन्त्र उम्मेदारी दिएका गुरुङलाई तत्कालिन समयमा नेकपा एमालेले साथ दिएको थियो । यसैगरी प्रदेश सभा निर्वाचन क्षेत्र ‘ख’तर्फ मनाङ कांग्रेसले जनजातीतर्फ कर्मा गुरुङ र महिलातर्फ गीता गुरुङलाई सिफारिस गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै