Comments Add Comment

काठमाडौं महानगरको शिक्षा सल्लाहकारमा बालेनले गरे रेशु अर्याललाई नियुक्त

काठमाडौँ — काठमाडौं महानगरपालिकाको शिक्षा सल्लाहकारमा रेशु अर्याल नियुक्त भएकी छिन् । प्रमुखस्तरीय निर्णयबाट अर्याल शिक्षा सल्लाहकारमा नियुक्त भएको, प्रमुख बालेन्द्र शाह (बालेन) का प्रमुख स्वकीय सचिव भुपदेव शाहले जानकारी दिए ।

अर्यालले सिंगापुरको नेसनल इन्स्टिच्युट अफ एडुकेसनबाट स्नातक र कोलम्बिया विश्वविद्यालयको टिचर्स कलेजबाट शैक्षिक सुधारका लागि नेतृत्व विषयमा स्नातकोत्तर गरेकी छिन् ।
२०१७ मा शिक्षा क्षेत्रमा योगदान गरेबापत उनलाई सिंगापुरको नेसनल इन्स्टिच्युट अफ एडुकेसनले प्रतिष्ठित पुरस्कारबाट पुरस्कृत गरेको थियो ।

उनले टिच फर नेपालको ५ वर्ष अध्यक्षका रूपमा काम गरिसकेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै