Comments Add Comment

शिव परियारको एक स्ट्याटसले तरंग : ब!लात्कारलाई व्यवसाय बनाउनेको भण्डाफोर गरौँ

काठमाडौं : गायक शिव परियारले ब!लात्कारसम्बन्धी विषयमा विवादास्पद टिप्पणी गरेका छन्।

सामाजिक सञ्जालमा उनले ब!लात्कारलाई व्यवसाय बनाउनेहरूको भण्डाफोर नगरिए नेपाल ब!लात्कारीहरूको देश भनेर नजिर स्थापित हुन सक्ने बताएका हुन्।

क्रिकेटर सन्दीप लामिछानेमाथि बलात्कारको जाहेरी परेपछि उनले गएराति फेसबुकमा स्टाटस लेखेका हुन्।

‘यो पेशेवर पीडित भनाउँदाहरूलाई व्यवस्थित गरी कारवाही गर्ने कुनै कानूनको धारा होला नि? कि नेपालको गरिमा विश्वमा राख्न सक्ने सबैलाई सिध्याउने खेल हुँदैछ यहाँ? यो गिरोहको उपचार तत्काल नगर्ने हो भने ब!लात्कारीहरूको देश नेपाल भन्ने नजिर स्थापित हुन बेर लाग्दैन भन्ने देखियो। कृपया अनुसन्धान होस्’, उनले लेखेका छन्।

आफ्नै ‘भेरिफाइड’ पेजबाट लेखेर केही समयमै स्टाटस हटाएका उनले भोलि प्रधानमन्त्री, मेयर, देखि समाजसेवीसम्मलाई ब!लात्कारीको ट्याग लाग्न सक्ने चिन्ता व्यक्त गरेका छन्। ‘सबै वर्ग, सम्प्रदाय, जात, धर्म र नेपालीहरूले नेपालमा मौलाएको बला!त्कार व्यवसायको भण्डाफोर गर्न जरुरी रहेको छ’, उनले लेखेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै