Comments Add Comment

सिसिटिभी फुटेजमा नाबालिग र सन्दीपसँगै स्पष्ट देखिए,अब के हाेला ?यस्तो भन्छ कानुन

काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथिको ब!लात्कार आरोपबारे अनुसन्धानकै क्रममा बुधबार प्रहरीले काठमाडौं इन होटलको सिसिटिभी फुटेज संकलन गरेको छ।

प्रहरी स्रोतका अनुसार नाबालिगले दाबी गरेकै समयमा दुवै जना होटलभित्र प्रवेश गरेको र बिहान ६ बजे बाहिरिएको देखिएको छ। तर होटलको अतिथि पुस्तिकामा भने उनीहरूको नाम नभेटिएको प्रहरी स्रोतले जनाएको छ।

उता होटल व्यवस्थापनले सन्दीप नियमित ग्राहक भएकाले फोन सम्पर्ककै आधारमा कोठा दिएकाले नाम दर्ता छुटेको हुन सक्ने प्रहरीलाई बयान दिएको छ।

यसबाहेक हालसम्मको प्रहरी अनुसन्धानमा सन्दीपले ती किशोरीलाई पुरानो बानेश्वरबाट आफ्नै गाडीमा राखेर नगरकोट पुर्‍याएको र त्यहाँ आफू सधैँजसो जाने रिसोर्टमा राति ११ बजेसम्म बसेको देखिएको अनुसन्धानमा संलग्न एक अधिकारीले जानकारी दिए।

त्यसपछि त्यहाँबाट सिनामंगल बास बसेर बिहान फेरि ६ बजे होटलबाट बाहिरिए सिधै होस्टलबाहिर किशोरीलाई छाडेर सन्दीप फर्किएको देखिएको छ।

नेपालको कानुनले १८ वर्षभन्दा कम उमेरकालाई बालबालिका मानेको छ । मुलुकी अपराध संहिता ऐन, २०७४ को दफा २१९ को उपदफा २ अनुसार कसैले पनि मञ्जुरी लिएर वा नलिएर १८ वर्षभन्दा कम उमेरको कुनै पनि बालिकासँग यौन सम्बन्ध राखे त्यो जबर्जस्ती क!रणी गरेको ठहरिनेछ । ‘कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि १८ वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबर्जस्ती करणी गरेको मानिनेछ,’ दफामा भनिएको छ । उपदफा ३ को (घ)मा १६ वर्ष वा त्यसभन्दा माथि १८ वर्षभन्दा कम उमेरको महिलालाई करणी गरे १० वर्षदेखि १२ वर्षसम्म कैद सजाय हुने भनिएको छ । उजुरीमा उल्लेख भएअनुसार बलात्कृत पीडित १७ वर्षकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै