Comments Add Comment

आगामी निर्वाचनमा सत्ता गठबन्धन एमालेलाई चुनौती: योगेश भट्टराई

नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले आगामी निर्वाचनमा सत्ता गठबन्धनका कारण आफ्नो पार्टीलाई चुनौती उत्पन्न हुने बताउनुभएको छ । चुनौती भए पनि एमालेले बहुमत ल्याउने उहाँको दाबी छ ।

गृह जिल्ला ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा भट्टराईले सत्ता स्वार्थ र एमालेविरुध्द पाँच दलको गठबन्धन भएको आरोप लगाउनुभयो । ‘यसले आगामी चुनावमा एमालेलाई चुनौती देखिएको छ,’ उहाँको भनाइ छ ।

संघ र सात वटै प्रदेशमा बहुमत ल्याउने तयारीका साथ एमाले निर्वाचनमा केन्द्रित भएको उहाँले जानकारी दिनुभएको छ । आफूले फेरि पनि ताप्लेजुङबाटै चुनावी प्रतिस्पर्धा गर्ने भट्टराईको भनाइ छ ।

प्रतिनिधिसभा सदस्यका लागि नेता भट्टराईसहित जिल्लाका पाँच जनाले दाबेदारी प्रस्तुत गरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै