Comments Add Comment

राप्रपाका युवानेता नबराज बसौला `लमजुङे´ पितृशोकमा

लमजुङ ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा )का युवा तथा शालीन नेता नवराज बसौलालाई पितृशोक परेको छ। ७७ बर्षिया पिता स्व.हिम बहादुर बसौलाको भाद्र ०९ गते बिहान निधन भएको हो।उहाँको स्थायी बसोबास सुन्दरबजार वडा न ०२ परेवाडाडा रहेको थियो। उहाँ लामो समयदेखि नै उपचाररत हुनुहुन्थ्यो । स्व. हिमबहादुर बसौला का श्रीमती र ५ जना छोराछोरी छन।

युवा नेता तथा ब्यवसायी नबराज बसौला आफ्नो छुट्टै पहिचान बनाउन सफल छन् । हाल व्यावसायिक हिसाबले पोखरामा रहेपनि सधै लमजुङको बिकासको लागि चिन्तित बसौलाको नाम चुनावको लागि लमजुङको प्रदेश `ख´मा चर्चामा रहेको छ।युवा नेता नबराज राजनीतिक तरिकाले कुशल कुटनितीज्ञको साथै बिकासप्रेमी र भिजनरी भएको ब्याक्तित्वको रुपमा परिचित छन् ।उनी राप्रपाको गण्डकी प्रदेशको संस्थापक प्रवक्ता समेत हुन् ।२०७४ को स्थानीय तहमा उनी सुन्दरबजार नगरपालिका बाट मेयरको उम्मेद्बारी दिएर चुनावी मैदानमा उत्रिएका थिए ।राप्रपा पार्टीको महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेद्बारी दिएका उनी झिनो मतले पराजय भएका थिए।

उनी राजनीति गर्नेले अनिवार्य आफ्नै उधमी गर्नुपर्ने र राजनीति लाई पेशाको रुपमा हेर्न नहुने समेत बताउने गर्छन् ।तसर्थ उनी सफल ब्यवासायिक ब्याक्तित्व पनि हुन् ।उनको पोखरा बुद्ध चोकमा लम्जुङे एग्रो टुरिजम प्रा.लि समेत रहेको छ।यसैगरी ,धर्मशाला,पाहुनाघर,कृषि तालिम केन्द्र लगायत ब्यवसाय संचालनमा छन् ।जसले सयौं युवाहरूलाई रोजगारीको साथै सीप समेत सिकाउदै आएका छन्।सीप मार्फत युवाहरूलाई रोजगारीको साथै राजनीति सस्कांरमा जोड्न उनी प्रयासरत देखिन्छन् ।
यसैगरी लमजुङ सुन्दरबजार नगरपालिका वडा न ०२ मा रहेको देविथान युवा क्लबले समेत समवेदना प्रकट गरेको छ।देविथान क्लबका अध्यक्ष सरोज सेढाईले स्व.हिम बहादुर बसौलाप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै