Comments Add Comment

एमालेलाई धक्का ,एमालेका प्रदेश सांसद रेशम चौधरीको पार्टीमा

नेकपा एमालेका प्रदेश सांसद तथा कैलाली जिल्ला पूर्वअध्यक्ष रतन थापा नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन्।

बिहिबार थापासहित एक दर्जन बढी नेता, कार्यकर्ता विभिन्न पार्टी त्याग गरेर नागरिक उन्मुक्ती पार्टीमा प्रवेश गरेका हुन्।

थापा २०७४ सालमा नेकपा एमालेका तर्फबाट कैलाली क्षेत्र २ प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए।

नेकपा विभाजनपछि उनी एमालेमा अध्यक्ष केपी शर्मा ओली निकट मानिएका थिए।

हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा अन्तर्घात गरेको भन्दै एमालेले उनलाई जिल्ला अध्यक्ष पदबाट हटाएको थियो।

उनीसँगै पूर्व सांसद हिमाञ्चल भट्टराई, नेता तुलाराम थापा, दुजराम थारू, नेपाली कांग्रेसका नेता जन्मजय भट्टराई, पतिराम थारू लगायतका दर्जनौं नेता कार्यकर्ता नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेको नागरिक उन्मुक्ति पार्टीका नेता अरूण चौधरीले जानकारी दिए ।

उनीहरूलाई नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष तथा जेलमा रहेका रेशम चौधरी पत्नी रञ्जिता श्रेष्ठले स्वागत गरेकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै