Comments Add Comment

गाई बला!त्कार गरेको आरोपमा एक युवक पक्राउ

गाई बला!त्कार गरेको आरोपमा बाँकेमा एक युवक पक्राउ बाँके राप्तीसोनारीका एक युवकलाई गाईको बाच्छीलाई ब!लात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । राप्तीसोनारी गाउँपालिका वडा नम्बर–४ दंगपुरर्वाका जलउवा थारुको गोठमा बाँधिएका गाईको बाच्छीलाई बलात्का!र गरेको आरोपमा युवक पक्राउ परेका हुन् । युवकलाई ईलाका प्रहरी कार्यालय धामपुरले नियन्त्रणमा लिएको हो ।

गाईको बाच्छी बाँधेको ठाउँमा युवकको कट्टु र मोबाइल फेला परेपछि नियन्त्रणमा लिइएको थियो । पक्राउ परेका युवकले गाईको बाच्छीलाई बला!त्कार गरेको स्वीकार गरेको ईलाका प्रहरी कार्यालयले जनाएको छ । पक्राउ परेका युवकलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय कोहलपुरमा बुझाइएको धामपुरका प्रहरी इञ्चार्ज प्रहरी नायब निरीक्षक प्रवीण डाँगीले जानकारी दिए ।

प्रहरीले पक्राउ परेका युवकको नाम गोप्य राखेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) रामबहादुर घर्तीमगरले आरोप पुष्टि भए पक्राउ परेका युवकलाई कानुनअनुसार कारबाही हुने बताए ।नेपाल आज बाट ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै