Comments Add Comment

जनताले जनादेश दिएपछि अब संसद् विघटन गर्दैनौं : शंकर पोख्रेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले अब बहुमत पाए संसद विघटन नगर्ने बताएका छन । एमाले प्रचार विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोख्रेलले अब संसद विघटन नगर्ने बताएका हुन ।

‘जनताले जनादेश दिन्छन र त्यो जनादेशलाई हामी पूर्ण अवधि सुरक्षित गर्छौं ।’ फेरि संसद विघटन गर्नु हुन्न भन्ने के ग्यारेन्टी छ भन्ने पत्रकारको प्रश्नमा पोख्रेलले भने– विघटनको समस्या आउँदैन भन्ने सुुनिश्चितताका साथ नै हामी जनता समक्ष जान्छौं ।’

दुइ-दुइ पटक संसद विघटन गरेकोमा त्यसलाई गलत नभने पनि पोख्रेलले अब त्यसो नगर्ने गरी नै जनतासँग भोट माग्ने बताए । पार्टी अहिले वैचारिक, सांठानिक र राजनीतिक रुपमा एकतावद्ध भएकोले एमालेकै नेतृत्वमा मुलुकमा स्थायित्व प्राप्त गर्न सफल हुने उनले दाबी गरे ।

‘चुनावी तालमेलका लागि खुला छौं’

पोख्रेलले आगामी चुनावमा निर्वाचन क्षेत्र विशेषमा अन्य दलहरुसँग तालमेल हुनसक्ने बताएका छन् । तर देशव्यापी रुपमा कुनै पनि दलसँग गठबन्धन नगर्ने उनले बताए ।‘कुनै प्रकारको गठबन्धनको पक्षमा छैनौं । आफ्नो नीतिका आधारमा निर्वाचनमा प्रस्तुत हुन्छौं ।’ पोख्रलले भने– स्थानीय स्तरमा तालमेलका लागि खुला छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै