Comments Add Comment

सुरक्षा प्रमुख राष्ट्रपति निवासमा,राजिनामा ,संकटकाल वा बिधेयक खारेजी ? देउवा भन्छन् :राजिनामा आउन सक्छ

८ भदौ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो सुरक्षामा खटिएका पूर्व तथा वर्तमान सुरक्षा अधिकारीहरुलाई शितलनिवासमा भेटका लागि बोलाएकी छन् ।

बुधबार शितलनिवासमा नेपाली सेनासहित सुरक्षा निकायका अधिकारीहरुलाई बोलाएर उनले भेट गरेकी हुन् । भेटमा के–के कुराकानी भयो भन्ने विस्तृत विवरण आएको छैन ।

भेटमा शितलनिवासका वर्तमान सुरक्षा प्रमुख नेपाली सेनाका सहायक रथी पवन घिमिरेसहितका उच्च सैन्य अधिकारीहरु पनि सहभागी थिए ।

राष्ट्रपति भण्डारी संसदबाट नागरिकता विधेयक जस्ताको तस्तै फर्काइएपछि असन्तुष्ट छन् । पछिल्लो समय उनले विभिन्न क्षेत्रका व्यक्तिहरुलाई बोलाएर भेटघाट गरिरहेकी छन् । संविधानविद्हरुसँगको छलफलमा पनि उनले नागरिकता विधेयक जस्ताको तस्तै आएकोप्रति चिन्ता व्यक्ति गरेकी थिइन।
यसैगरी प्रधानमन्त्री देउवाले आज पार्टीको बैठकमा राष्ट्रपति राजीनामा दिने मुडमा रहेको बताएका पनि छन् ।उनले आफू निकट संग भने, ‘राष्ट्रपति राजीनामा दिन्छु भनिरहनु भएको छ । दिने मुडमै हुनुहुन्छ भन्ने बुझें मैले । अब के गर्ने ?’

बैठकमा सहभागी कांग्रेसका एक शीर्ष नेताका अनुसार राष्ट्रपतिको सम्भावित राजीनामा कदमबारे देउवा केही तनावमा देखिन्थे ।
प्रधानमन्त्री देउवामा अपुष्ट र अमूर्त कुरा गर्ने स्वभाव नभएको भन्दै ती नेताले भण्डारीको सम्भावित कदमबारे थप संशय व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै