Comments Add Comment

सुपरनेपियार घाँस कसरी रोप्ने?कति महिनामा उत्पादन दिन्छ? यस्तो छ तरिका!

नेपियर उखु जस्तो देखिने बहुवर्षिय घाँस हो। यसको उचाइ २-३ मिटर अग्लो, धेरै झाँङ हाल्न सक्ने हुन्छ। हात्तिले पनि नोक्सान गर्न नसक्ने भएकोले यसलाई हात्ती घाँस भनेर पनि चिनिन्छ। यो घाँस खेतवारीको कान्ला, डील आदिमा पनि लगाउन सकिन्छ। यो घाँस पहाड तथा तराईमा निकै लोकप्रिय छ। चिम्टयाइलो माटो र सिमाहा जग्गा बाहेक जुन सुकै माटोमा पनि यो घाँस खेती गर्न सकिन्छ।

पशुले मन पराउने स्वाद भएको घाँसको रुपमा हामी सुपनेपियार लाई लिने गर्छौ।यसको बैज्ञानिक नाम भने Pennisetum purpureum हो।यसलाई king of nepiers पनि भनिन्छ।
प्राबिधिक हरुका अनुसार यो लगाउने तरिका बैशाख देखि श्रावण महिनासम्म हो।यसलाई कटिङ गरेर लगाउने गरिन्छ १०००० स्लिप प्रति हेक्टर बिरुवाको दुरि ५० सेन्टिमिटरको फरकमा लगाउन पर्छ।एक लाइन बाट अर्को लाइनसम्मको दुरि भने ६० सेन्टिमिटर हुनुपर्छ ।

यो लगाउदा कम्पोस्ट मल ५ देखि १० टन प्रति हेक्टरको दरले हाल्नु उपयुक्त मानिन्छ ।यसलाई रोपेको पहिलो उत्पादन भने ३० दिनमा लगभग १ मिटर अग्लो भएर आउँछ।उत्पादनको तरिकाले यसले प्रति हेक्टर १८०-२०० मेटृक टन दिने गर्छ।

यो एक बर्षमा ८ पटक सम्म काट्न मिल्छ।यसमा प्रोटिनको प्रतिशत १५ रहेको हुन्छ।

यो घाँस लगाएको २.५ महिना देखि ३ महिना पछि प्रथम पटक काट्न राम्रो हुन्छ। त्यसपछि अर्को कटिङ्ग वर्षा याममा ५-६ हप्ता पछि र हिउदमा ८-१०हप्ताको फरकमा घाँस काट्न सकिन्छ। घाँस काट्दा जमिन देखि माथि १५-३० सेमी घाँस छोडेर काट्न पर्छ। धेरै तल फेदमा हुने गरी घाँस काटेमा घाँसको उत्पादन घट्दछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै