Comments Add Comment

त्रिभुवन क्याम्पस मानेचाैकामा अब स्नातकाेत्तर तहकाे पढाइ पनि हुने

त्रिभुवन क्याम्पस मानेचाैकामा अब स्नातकाेत्तरकाे पढाइ हुने भएकाे छ । तनहुँकाे भानु नगपालिका ११ को त्रिभुवन क्याम्पस मानेचाैकाले मंगलबार पुर्वाञ्चल बिश्व बिधालय बाट शिक्षा शास्त्र संकाय स्नातकोत्तर (MED) सम्बन्धन प्राप्त गरेको छ ।

भानु नगरपालिका मै पहिलो पटक सम्बन्धन प्राप्त गरेको क्याम्पसलाई पुर्वाञ्चल बिश्व बिधालयका उपकुलपति प्रा.डा. यादव कोइरालाले भानु नगर प्रमुख आनन्द राज त्रिपाठी ,भानु-११ का वडा अध्यक्ष बिमल राज जोशी ,क्यापस ब्यबस्थापन समितिका अध्यक्ष टेक ब. गुरुङ , क्यापस प्रमुख रबिन्द राज जोशी र क्यापस समिति सदस्य रामकृष्ण ढकाललाई संयुक्त रुपमा प्रदान सम्बन्धनकाे प्रमाणपत्र प्रदान गर्नु भएकाे छ । गाउँठाउँ मै उच्च शिक्षाकाे पढाइ हुने भएपछि स्थानीय खुशी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै