Comments Add Comment

सुन्दरबजार न.पा. पशु सेवा शाखाले के कस्ता सेवाहरु प्रदान गर्छ? [अन्तर्वार्ता ]

पशुपालन जनावर वा पशुपक्षी पाल्ने पेशा हो। नेपालमा गाई, बाख्रा, भैंसी, राँगा, भेडा, च्याङ्रा, घोडा, गधा, खच्चड, गोरू, सुँगुर, बंगुर,आदि जनावरहरू तथा हाँस, कुखुरा, आदि पक्षीहरू दूध, मासु, घरायसी सजावट तथा सुरक्षा आदि उद्देश्यले पाल्ने गरिन्छ।

नेपालका कृषकहरूले खेती तथा पशुपालन दुवै गर्ने भएकाले यसलाई मिश्रित खेती भनिन्छ। सघन निर्वाहका लागि मात्र नभै आफ्नो घरायसी आवश्यकताको परिपुर्ति गर्न र अतिरिक्त आय आर्जन गर्नका लागि नेपाली कृषकहरूले पशुपालन गर्ने गरेका हुन्। यसबाट दूध, फूल, मासुको साथै खेतीलाई चाहिने मल, तथा श्रम (गोरू,राँगाआदिबाट) प्राप्त हुन्छ।

आज हामीले यसै बिषयलाई आधार बनाएर सुन्दरबजार नगरपालिका पशु स्वास्थ्य सेवा शाखाका अधिकृत लोकराज कोइराला पशु स्वास्थ्य सेवा शाखाका नायब प्राबिधिक शिवहरि मिश्रलाई केही प्रश्नहरु गरेका छौँ ।

सुन्दरबजार नगरपालिकाको यस पशु स्वास्थ्य सेवा कार्यलयले के- के सेवाहरु जनता माझ दिदै आएको छ?

पशुपंक्षी सम्बन्धी सम्पुर्ण सेवाहरु यस कार्यलयबाट प्राप्त हुन्छ।कार्यलय खुलेको दिन कार्यलय समयमा सबै खाले सेवा यहाँ बाट प्राप्त गर्न सकिन्छ।समय समयमा भ्याक्सिन सेवा, कृत्रिम गर्भधान,गर्भ परिक्षण देखि पशुपंक्षिमा देखिने धेरै खालको रोगको उपचार हुन्छ।

आम नागरिकहरु अलमलमा छन् यहाँ बाट पैसा तिरेर सेवा प्रवाह हुने होकि कुन प्रकारले सेवा प्रवाह हुन्छ।आम नागरिकलाई बताइदिनुस न!

साच्चिकै अझै पनि आमनागरिक लाई यस बिषयमा जानकारी छैन।आज तपाईंहरुको मिडिया मार्फत जानकारी पनि पुगोस् ।अहिले हामीले घांसको रुपमा सुपरनेपियार,मोलाटो,CO-4 जस्ता घाँस निशुल्क बाडेका छौँ ।कृषि क्याम्पसको लागि सेम्पल दिने पनि गर्छौ हामीले। पशुपंक्षीको हकमा भने दर्ता शुल्क लाग्छ त्यो शुल्क नेपाल सरकारलाई राज्स्व बापत जाने शुल्क हो त्यो बाहेक अन्य कुराहरु सबै निशुल्क नै हुन्छ । पशुपंक्षी हेरेर त्यो शुल्क फरक फरक हुन्छ।गाई भैंसीको लागि शुल्क रु १० , भेडा बंगुर बाख्राको लागि रु ०५ ,हास कुखुरा ०१,घोडा खच्चड रु २० कुकुर बिरालो रु २० गाई भैंसी भेडा बाख्रा घोडा खच्चड कुकुर बिरालो पोष्टमार्टम रु १०० हास कुखुरा पोष्ट मार्टम रु १०,कृत्रिम गर्भधानको लागि गाई भैंसी रु २५ रहेको छ।

खासगरी अहिले यहाँ पशुपंक्षीमा देखिएका मुख्य रोग केके हुन् ?त्यसका लक्षण निराकरणको उपाय केही छ?

अहिले यहाँ देखिएको मुख्य रोग भनेको खोरेत हो । यसका लक्षण भनेको खुरको कापमा घाउ आउने ,ज्वरो आउने ,खाना नखाने ,दूध उत्पादन एक्कसी घट्ने, दुब्लाउदै जाने जस्ता छन् ।यसका अलवा भेडा बाख्रामा केही मात्रमा PPR ,निमोनिया र FMD (Foot and mouth disease )
देखिएका छन् ।पिपिआर र निमोनिया लगभग एउटै लक्षण देखाउछ तर प्राबिधिक रुपमा भने फरक छ।यसको लक्षणमा भने ज्वरो आउने ,रुघा लाग्ने,छेर्ने,आखामा चिप्रा लाग्ने
,ओठमा घाउ आउने जस्ता छन् ।यो एक्कासि फैलिन सक्छ।यसको किटाणुहरु हावाको माध्यम बाट फैलेने गर्छन।मुख्य रोग यिनै हुन् यी सबैको उपचार यहीँबाट पाउन सक्नुहुनेछ।
पंक्षीमा भने रानिखेत, फाउलपक्स, गोम्वारो जस्तो रोगहरु देखिदै आएका छन् ।सुगुरमा स्वाइनफिवर रोग देखिने गरेको छ। यहाँ यी सबै किसिमका उपचार हुन्छन् ।पशुपंक्षी लिएर आएर यहाँ उपचार गर्न सकिन्छ।यसैगरी नाक छेड्ने,घाउ खटिरा ,लुतो,दाद,किर्ना र जूम्राहरु पर्ने,रुघाखोकी ,ज्वरो, खुट्टा हरु मर्केको ,सिङ काट्नु पर्ने जस्ता सेवाहरु पनि उपलब्ध छन ।

यहाँ तपाइँहरु कति जना कार्यरत हुनुहुन्छ ? अन्य कुनै ठाउमा पनि शाखाको रुपमा रहेको छ?

अहिले हामी पशु स्वास्थ्य सेवा कार्यलयमा ६ जना प्राविधिक कार्यरत छौँ । शाखामा ४ जना र २ जना फिल्डको सम्पर्क केन्द्र कुन्छा र चन्द्रेश्वरमा कार्यरत छौँ ।

सुन्दरबजार नगरपालिका भित्र कति पशुपंक्षीहरु छन् त्यसको कुनै डाटाहरु संकलन गर्ने काम पशु स्वास्थ्य सेवा कार्यलयले गरेको छ?


अन्य कुराको जानकारी वा पशु स्वास्थ्य सेवा सम्बन्धी कुनै पनि जानकारीको लागि पशु सेवा शाखाका नायब प्राबिधिक शिवहरि मिश्रलाई 9866022347 मा सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै