Comments Add Comment

लमजुङमा चुनावी सरगर्मी बढ्दै,यस्तो छ स्थानीय तहको नतिजाको विश्लेषण

लमजुङ ,मंसिर ०४ गते नेपाल सरकारले प्रदेश सभा र प्रतिनिधि सभाको चुनाव घोषणा गरेको छ।देशको राजनीतिक माहोल तातिएको छ।एकातिर पुराना पुस्ताका नेतालाई चुनाव हराउने अभियान समेत चलिरहेको छ।स्वतन्त्र उम्मेद्बारी दिनेको पनि ठुलै लर्को छ।अर्कोतिर आफुहरु बैकल्पिक शक्ति बन्ने भन्दै चुनावमा होमिने जमात पनि छ ।

आगामी निर्वाचनमा आम नागरिकले विकल्प खोज्न सक्ने अबस्था पनि छ ।यसैबीच लमजुङमा भने यसपटकको चुनाव रोचक हुने देखिएको छ।गठबन्धन बाट प्रतिनिधि सभामा काङ्ग्रेस र माओवादी मध्य एक पार्टीबाट एकजना उम्मेद्बार हुने छन् ।माओवादी निकट स्रोतका अनुसार लमजुङ काङ्ग्रेस बाट ह्याभी वेटको नेता नभएको र देब गुरुङ लमजुङकै ब्राण्ड हुनुको साथै पार्टीको सर्बोच्च टिममा रहेकाले कुनै पनि हालतमा देव गुरुङलाई गठबन्धनले टिकट दिने बताउँछन् ।

यता नेकपा एमालेको तर्फबाट प्रतिनिधि सभामा पृथ्वीसुब्बा गुरुङ नै लड्ने निश्चित छ। यी दुबै नेता केन्द्रीय राजनीतिमा प्रभावकारी भुमिका खेल्नुको साथै भोलिका दिनमा नेकपा एमालेको नेतृत्व गर्न सक्ने ब्यक्तिको रुपमा पृथ्वीसुब्बा गुरुङलाई हेरिन्छ भने माओवादी केन्द्रको नेतृत्व दिन सक्ने ब्यक्तिको रुपमा देब गुरुङलाई हेरिन्छ।भर्खरै मात्र उनी पार्टीकै महासचिव जस्तो पदमा पुगेका छन् ।

नेकपा एमालेका उपमहासचिव समेत बनेका पृथ्वी सुब्बा गुरुङ पार्टीमा भलाद्‍मी र बौद्धिक नेताका रुपमा चिनिन्छन् । उनको जन्म २०१४ साल फागुन १ गते गंगाप्रसाद र चिनी गुरुङका छोराका रुपमा गिलुङ गाविस-८, टक्सार (हाल क्होला सोंथार गाउँपालिका-९, टक्सार, लमजुङ) मा भएको हाे ।

विज्ञानमा स्नातक गुरुङ पञ्चायतकालमै २०३४ सालदेखि राजनीतिमा होमिएका थिए । सुरुमा शिक्षण पेशामा आवद्ध उनी त्यहीँबाट राजनीतिमा होमिएका थिए । शिक्षणमै हुँदा आन्दोलनमा उत्रेकाले उनी पटक पटक पञ्चायतकालमै प्रहरी हिरासतमा परेका थिए । २०४० मंसिरमा उनी नेपाल राष्ट्रिय शिक्षक संगठनको जिल्ला अध्यक्षमा निर्वाचित भएका थिए ।

उनको राजनीतिक यात्रा भने २०२७ सालमा ईशानेश्वर प्रमोद हाईस्कुल, भोर्लेटार-अनेरास्ववियूको तर्फबाट स्ववियु सचिव निर्वाचित भएसँगै सुरु भएको हो। राजनीतिक यात्रासँगै उनले २०३७ मा तत्कालीन नेकपा मालेको सदस्यता लिएका थिए ।
बहुदलपछिका दुई संसदीय निर्वाचनमा उनले लमजुङबाट जित आत्मसाथ गर्न सकेनन् । तर, २०६२/६३ को जनआन्दोलनपछि २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा लमजुङ क्षेत्र नम्बर २ बाट १९ हजार ५ सय ८३ मतसहित उनी प्रतिनिधि सभामा विजयी भएका थिए ।

लमजुङमा अत्यन्तै कमजोर अवस्थामा रहेको कम्युनिष्ट राजनीतिको जग बलियो बनाउन गुरुङले बहुदलको आन्दोलनका समयमा निक्कै मिहिनेत गरेका थिए । तर, २०५१ र २०५६ सालको आमनिर्वाचन लमजुङमा एमालेले हार भोग्यो ।

२०६४ सालको संविधानसभाको निर्वाचनमा लमजुङमा एमालेले जित्न सफल भयो। २०६४ सालको संविधानसभाको निर्वाचनमा गुरुङले कांग्रेस उम्मेदवार घर्तीलाई छ हजारको मतान्तरले हराएका थिए ।
त्यो बेला उनले नेपाली कांग्रेसका नेता दिलबहादुर घर्तीलाई पराजित गरेका थिए । घर्तीले १३ हजार ६ सय ९९ मत ल्याएका थिए । नेकपा एमालेमा जनजातितर्फबाट सचिवको जिम्मेवारीमा पनि रहेका गुरुङ एक पटक मन्त्री पनि भइसकेका छन् । तर, गुरुङ २०७० को संविधानसभाको निर्वाचनमा कांग्रेस उम्मेदवारसँग पराजित भए ।

उनी २०६२/०६३ को दोस्रो जनआन्दोलन सफल भएपछि नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री पनि बनेका थिए ।
गुरुङले पटक पटक आदिवासी जनजाति महासं‌घको पनि नेतृत्व गरिसकेका छन् । गुरुङले ४ नम्बर प्रदेश तमु जातिको बाहुल्य क्षेत्र रहेकाले तमु भाषालाई सरकारी कामकाजमा प्रयोगमा ल्याउने प्रतिवद्धता जनाएका छन् ।

नेता गुरुङले ४ नं प्रदेशमा गुरुङसँगै मगर भाषालाई पनि कामकाजी भाषामा प्रयोगमा ल्याइने बताएका छन् । गुरुङमाथि उपाध्यक्ष अशोक राईले एमाले छाड्दा र त्यही क्रममा पार्टीमा चर्को जातीय राजनीति गरेको आरोप पनि लागेको थियो ।

गुरुङले पहिलो संविधान सभामा रहँदा आदिवासी जनजाति सभासद् सदस्य रहेको ‘ककस’ पनि नेतृत्व गरिसकेका छन् ।तर, अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीमा जान खोजेको आरोप पनि उनीमाथि लागेको थियो । उनले यी आरोपबीच एमालेमै रहेर आफ्नो राजनीतिक यात्रामा अघि बढिरहे । हाल उनि एमालेको प्रचार विभाग प्रमुख एवं प्रवक्ता हुन् ।यसैगरी हाल पार्टीको उपमहासचिव समेत रहेका छन्।

माओवादी नेता देबप्रसाद गुरुङ ‘हेभीवेट’का नेता लमजुङका लागि नौला नेता होइनन् । मनाङको नासोङ गाउँपालिका वडा नं. ४ ओडार घर भएका गुरुङले स्नातक तह सम्मको अध्ययन सकाएका छन् । उनले पुलचोक इन्जिनियरयिङ कलेजमा पढेका हुन् ।२०३५÷०३६ सालको विद्यार्थी आन्दोलनमा लागेका उनलेे २०३७ सालमा नेपाल कम्यूनिष्ट पार्टीको सदस्यता प्राप्त गरेका थिए । २०३८ सालमा ने.क.पा मशालको केन्द्रिय सदस्य
बनेका उनी २०४० सालमा अखिल नेपाल राष्ट्रीय स्वतन्त्र विद्यार्थी यूनियन को आठौ राष्ट्रीय संमेलनवाट केन्द्रिय अध्यक्षमा निर्वाचित भएपछि नेता गुरुङले
केन्द्रीय स्तरमा पहुँच राख्न थालेका हुन् ।हाल उनको बसोबास क्षेत्र भने लमजुङ सुन्दरबजार नगरपालिकामा नैछ।

त्यस्तै २०४७ सालको पार्टी एकता पश्चात वनेको ने.क.पा. एकताकेन्द्र केन्द्रिय सदस्य समेत थिए । २०४८ सालको आम निर्वाचनमा संयुक्त जनमोर्चाको तर्फबाट ‘एक वाम
एकठाम’को नारा सहित लम्जुङ निर्वाचन क्षेत्र नं. १ बाट उम्मेदवारी दिएका थिए । तर, सो समय उनले नतिजा हात पार्न सफल भने हुन सकेनन् । त्यस्तै २०५१ सालमा पार्टीको पोलिटव्यूरो सदस्यमा निर्वाचित भएपछि २०५३–२०५७ सालसम्म (४ वर्ष) जेल जिवन बिताउन परेको थियो । माओवादी १० बर्ष द्धन्दकालमा भुमिगत उनलेे २०६१ सालमा
पार्टीको स्थाई समिति सदस्य, २०६२ सालमा नेकपा (माओवादी) को तर्फवाट,दोश्रो वार्ताटोलीको सदस्य, २०६४ सालमा अन्तरिम विधाइका संसदको सदस्य तथा
संसदीय दलको उपनेता, २०६४–२०६५ सालसम्म नेपाल सरकारको स्थानियविकासमन्त्री, २०६४ सालमा संविधानसभा सदस्य निर्वाचनमा मनाङ र कास्की निर्वाचन न. १ वाट संविधानसभा सदस्यमा निर्वाचित, २०६५–२०६६ सालसम्म कानुन तथा न्याय मन्त्री र – ए.ने.क.पा (माओवादी) संसदीय दलको प्रमुख सचेतक समेत भए । हाल उनी नेकपा माओवादीको महासचिव समेत भएका छन् ।महासचिवलाई आगामी नेतृत्वको अध्यक्षका रुपमा समेत हेरिन्छ ।

राजनीतिमा उथलपुथल आइरहन्छ।आम नागरिकको विचारमा पनि परिवर्तन आइरहन्छ तसर्थ पहिलेको चुनावी नतिजालाई मात्र दाजेर हामीले आगामी नतिजाको मुल्यांकन गर्नु घातक हुनसक्छ ।यद्यपि हाम्रो जस्तो चुनावी चिन्ह र गठबन्धनलाई महत्त्व दिने देशमा भने यसैलाई मुख्य आधार मान्ने गरिन्छ।
यस्तो छ अघिल्लो बर्षको चुनाव र स्थानीय निकायको चुनावको नतिजा:

२०७४ साल प्रतिनिधि सभामा लमजुङमा एमाले र माओवादीको साझा उमेदवार देव गुरुङ थिए । उनले ३९ हजार ४ सय ६८ मत पाएका थिए।यता नेपाली काङ्ग्रेस उम्मेद्बारले ३१ हजार ३४ मत पाएका थिए।मतान्तर ८४३४ रहेको थियो।देव गुरुङलाई तत्कालीन नेकपाको भोट थियो।आज नेकपा पार्टी माओवादी केन्द्र ,बामदेब नेतृत्वको एकता अभियान,नेकपा एस र नेकपा एमाले गरि ४ टुक्रा भएको छ।अबको चुनावमा नेपाली काङ्ग्रेसको भोटमा नेकपा माओवादी ,जसपा,नेसपा,नेकपा एस ,राष्ट्रिय जनमोर्चा ,राष्ट्रिय एकता अभियान र समाजवादीको भोटले मतान्तर शुन्यमा ल्याए मात्र बिजय हुनेछन् ।

स्थानीय निर्वाचनको वडाध्यक्षको भोटलाई आधार मानेर विश्लेषण गर्न सक्ने अवस्था रहदैन ।यो पद ब्यक्तिको आफ्नो प्रभाव र केही स्थानीय निकायमा पार्टी भित्रै बाट स्वतन्त्र उम्मेद्बारी जस्ता कुराले बिष्लेषणलाई असर गर्न सक्छ।

अब स्थानीय निर्वाचन २०७९ लाई हेर्ने हो भने लमजुङका ८ स्थानीय तहमा नेकपा एमालेको मेयरको भोटलाइ आधार मानेर हेर्दा क्वहोलासोथार गा.पामा ३८५६,दुधपोखरी गा.पामा २०२४,बेशिसहर न.पामा ९४७९,मध्यनेपाल न.पामा ६२१४, मर्स्याङ्दी न.पामा ६१३१ ,दोर्दी गा.पामा ४७३८,राइनास न.पामा ६१३१ र सुन्दरबजार न.पामा ६०३६ गरि कुल ४२,७२२ भोट रहेको छ।यसैगरी गठबन्धन तर्फको भोटलाई आधार मान्दा क्रमशः क्वहोलासोथार गा.पामा२४८९, दुधपोखरी गा.पामा ३०६५, बेशिसहर न.पामा ७४७१, मध्यनेपाल न.पामा ६५५१, मर्स्याङ्दी न.पामा ४३७० ,दोर्दी गा.पामा,४६५१, राइनास न.पामा ४३७०, सुन्दरबजार न.पामा ६६४१ गरु कुल ४१,०६४ भोट पाएका छन् ।यसैलाई आधार मान्दा नेकपा एमालेका उम्मेद्बारले ४२,७२२ मत पाउने छन् ।गठबन्धनका उम्मेद्बारले ४१,०६४ भोट प्राप्त गर्नेछन् । गठबन्धन र नेकपा एमाले बिच जम्मा मतान्तर १६५८ मात्र देखिन्छ ।अर्थात १६५८ भोटले नेकपा एमाले अघि देखिन्छ।

तसर्थ लमजुङको नेतृत्वमा आगामी चुनावी एजेन्डा ,गठबन्धन ,नेकपा एमालेको कुटनैतिक रणनीति ,यता सरकारमा भएकाको रबैया,स्वतन्त्र उम्मेद्बारहरुको उम्मेद्बारी ,बैकल्पिक पार्टी भनेर चुनावमा आउने उम्मेद्बारहरु र नयाँ थपिएका मतदाताहरुको मनोविज्ञानले प्रत्यक्ष प्रभाव पार्न देखिन्छ ।यसैबीच देब गुरुङ र पृथ्वीसुब्बा गुरुङको आ-आफ्नो प्रभाव र बैचारिक धरातलले पनि असर पार्ने निश्चित:प्राय छ। ।स्थानीय निर्वाचनमा समेत कुनै पार्टीलाई बिश्वास गरेर जिताउदा पाएको धोका समेत मत परिवर्तनको रुपमा देखिन सक्छ। दुई ह्याभी वेटको नेताको रोचक र प्रतिस्पर्धात्मक चुनाव हुने निश्चित छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment