Comments Add Comment

वाइसीएलको केन्द्रीय समितिमा लमजुङबाट ७ जना पदाधिकारी चयन

नेकपा माओवादी केन्द्रको सहायक संगठन योङ कम्युनिस्ट लिग (वाइसीएल) नेपालको दोस्रो राष्ट्रिय भेलाको सम्पन्न भएको छ।। `आत्मनिर्भताका लागि नीति निर्माणमा युवा सहभागिता सुनिश्चित गरौं, सुदृढ संगठन विस्तारका लागि दोस्रो राष्ट्रिय भेला सफल पारौं’ भन्ने मूल नाराका साथ कार्यक्रम भएको थियो ।भदाै ३-५ गते सम्म राष्ट्रिय सभागृह, भृकुटीमण्डपमा भएको कार्यक्रम बाट पदाधिकारी चयन भएका हुन् ।

वाइसीएल नेपालको दोस्रो राष्ट्रिय भेलाबाट निर्वाचित अध्यक्ष सुबोधराज सेर्पाली, बरीष्ठ उपाध्यक्ष ज्ञानेन्द्र बहादुर गुरुङ ‘कसम’, महासचिवमा गणेश शाही रहेका छन् ।

यसैगरी लमजुङ बाट प्रतिनिधित्व गर्ने गरि ०७ जना पदाधिकारीहरु वाइसीएलको केन्द्रीय नेतृत्वमा चयन भएका छन् । लमजुङ बाट केन्द्रीय सचिवमा सुनिल सुनार (अटल) ,सम्पर्क समितिबाट प्रतिनिधित्व गर्दै अर्जुन मग्रती , केन्द्रीय सदस्यमा निर्वाचित हरिराम अधिकारी ( राइनास) , कृष्ण गुरुङ ( दाेर्दी) , गण्डकी सम्पर्क बिशेष जिल्लाबाट प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्यमा निर्वाचित देउती कुमाल (सुन्दरबजार ) , एकता प्रक्रियाबाट प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्यमा निर्वाचित प्रबिन अधिकारी ( सुन्दरबजार) ,उमेर समूह ( १६-२५ वर्ष) बाट केन्द्रीय सदस्यमा निर्वाचित शंकर दुलाल ( बेशिशहर) रहेका छन् ।

अहिलेसम्म केन्द्रीय नेतृत्व तहबाट पछाडी परेको लमजुङ देब गुरुङ नेकपा माओवादी केन्द्रको महासचिवमा चयन भएसंगै लमजुङले अब बिकास र परिवर्तनको बाटो समात्न सजिलो हुने वाइसिएलमा निर्वाचित पदाधिकारी बताउँछन् ।

भेलामा भूगोल तथा गैरभूगोल जिल्ला, प्रदेशहरूबाट ६०० जना प्रतिनिधि सहभागी रहेका थिए । जसमा केन्द्रीय समितिबाट १९६ जना, प्रत्येक जिल्लाबाट ३/३ जना गरी २५२ जना, प्रदेश कमिटीबाट ३५ जना, ३ वटा आयोगबाट ५२ जना, केन्द्रीय प्रतिनिधि १६ जना, ५% केन्द्रीय कार्यालयबाट मनोनित गर्ने र विभिन्न एकता प्रक्रियाबाट २१ जना प्रतिनिधि सहभागी रहेका थिए ।

भेलाको भव्य र ऐतिहासिक बनाउन भेला आयोजक मूल समिति, राजनीतिक प्रतिवेदन उपसमिति, भेला व्यवस्थापन उपसमिति, आर्थिक व्यवस्थापन उपसमिति र प्रचारप्रसार उपसमिति निर्माण गरी परिचालन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै