Comments Add Comment

चुनाव प्रचार प्रसारमा २५ जना बढी सहभागी हुन नपाउने आयोगको प्रस्ताव

काठमाडौं । निर्वाचन आयोगले चुनाव प्रचार प्रसारमा २५ जनाभन्दा बढी मानिस सहभागी हुन नपाउने प्रस्ताव गरेको छ ।

आज निर्वाचन आचारसंहिताका विषयमा राजनीतिक दलहरूसँग भएको छलफलको विषयमा जानकारी दिँदै निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले यस्तो प्रस्ताव अघि सारिएको बताउनुभएको हो ।

उहाँले चुनावमा मतदातालाई अनेकौं प्रलोभनमा पार्ने तथा सांसदहरुले नै निर्वाचन लड्न कठिन भएको गुनासोका आधारमा आयोगले तोकेको खर्च गर्ने गरी प्रचार प्रसारका लागि २५ जना मात्रै जान मिल्ने आचारसंहिता ल्याउने प्रश्ताव गरिएको बताउनुभयो ।

उहाँले निर्वाचनमा उम्मेद्वार नभएको राजनीतिक दलको चुनाव चिन्ह मतपत्रमा समावेश नगर्ने तयारी रहेको पनि बताउनुभयो । सञ्चारकर्मीहरुले निर्वाचनमा उम्मेद्वार लिएका राजनीतिक दलको मात्रै चुनाव चिन्ह मतपत्रमा समावेश गर्ने विषयमा गठबन्धन लक्षित देखियो भन्ने प्रश्नको जवाफमा उहाँले यसरी निर्वाचनमा भाग नलिएको दलको चुनाव चिन्ह राख्नु सौद्धान्तिक र व्यवहारीक रुपमा ठिक नभएको बताउनु भयो ।

उहाँले जुन पार्टीको उम्मेद्वार निर्वाचनमा भाग लिन्छ त्यही पार्टीको निर्वाचन चिन्ह मात्रै राख्ने आयोगको धारणा रहेको भन्दै कुनै दललाई लक्षित गरेर गर्न नखोजिएको स्पष्ट पार्नुभयो । प्रवक्ता पौडेलले निर्वाचन आचारसंहिताको विषयमा सबै राजनीतिक दलको मिश्रित सल्लाह सुझाव आएको जानकारी दिनुभयो ।

उहाँले आयोजले राजनीतिक दलका सबै सुझावहरुलाई विश्लेषण गरेर राजपत्रमा प्रकाशित गर्ने तयारी गरेको बताउनु भयो ।

प्रवक्ता शर्माले निर्वाचन आयुक्तले सबै राजनीतिक दलहरुको सुझावको स्वागत गर्दै सुझावलाई समावेश गर्न मिल्नेसम्म समावेश गरेर सुधार गर्ने प्रतिबद्धता जनाउनुभएको बताउनु भयो । उहाँले निर्वाचन आयुक्तले राजनीतिक दलहरुले निर्वाचन आचारसंहिता पालना गर्ने जिम्मेवारी लिन आग्रह गर्नुभएको पनि बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै