Comments Add Comment

प्रदिप गिरिको परिवारले भन्यो:उहाँका अंगले बिस्तारै काम गर्न छोडेका छन्

नेपाली कांग्रेसका नेता तथा सासंद प्रदीप गिरिको शरीरका अंगहरूले काम गर्न छाडेका छन्।

ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत उनको शरीरका धेरै अंगहरूले काम गर्न छाडेको उनको परिवारले जनाएको छ।

शनिबार भारती सिलवाल गिरिले जारी गरेको एक प्रेस नोटमा गिरिलाई निमोनियाले एकदमै चापेको र पछिल्लो पटक शरीरका थुप्रै अंगहरूले काम गर्न छाडेको बताएकी छन्।

गिरिलाई क्यान्सर देखिएपछि भारत लगेर उपचार गरिएको थियो। पछि उनमा निमोनिया र क्यान्सरका असरहरू देखिन थालेपछि मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो।

अहिले मेडिसिटी अस्पतालका चिकित्सकहरूले स्वास्थ्यलाभको लागि सक्दो प्रयास गरिरहेको उनले बताएकी छन्।

‘अस्पतालको सम्पूर्ण टोली अन्कोलोजिस्ट, पल्मुनोलोजिस्ट, ग्यास्ट्रोएनटेरेनोलोजिस्ट, नेफ्रोलोजिस्ट, इन्टरनिस्ट र क्रिटिकल केयरका विशेषज्ञहरूले गिरिको समय-समयमा स्वास्थ्य चेकअप गरिरहनुभएको छ र टिमले उनको स्वास्थ्य लाभको लागि सक्दो प्रयास गरिरहेको छ,’ भारतीले जारी गरेको प्रेस नोटमा भनिएको छ।

भारतीले अस्पताल परिवारलाई धन्यवाद समेत व्यक्त गरेकी छन्। यस्तै उनको स्वास्थ्य लाभको कामना गर्न अनुरोध समेत गरेकी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै