Comments Add Comment

माओवादी बैठक-महासचिवमा देव गुरुङ प्रस्ताव, अरु पदाधिकारी को-को ? (सूचीसहित)

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले २१ जना पदाधिकारीको नाम प्रस्ताव गरेका छन् । एक नेताका अनुसार महासचिवमा देव गुरुङको नाम प्रस्ताव भएको छ ।

वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र कृष्णबहादुर प्रस्ताव भएका छन् । त्यस्तै, उपमहासचिवमा गरिराजमणी पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, पम्फा भुसाल, जनार्दन शर्मा, मात्रिका यादव र शक्ति बस्नेत प्रस्ताव भएका छन् ।

त्यस्तै, सचिवहरुमा दिनानाथ शर्मा, चक्रपाणी खनाल, देवेन्द्र पौडेल, लिलामणी पोखेरेल, गणेश साह, हितमान शाक्य, हित राज पाण्डे, डिलाराम शर्मा र राम कार्की छन् भने कोषाध्यक्षमा श्रीराम ढकाल प्रस्ताव भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै