Comments Add Comment

बाबा–ममीलाई आफैले बनाएको घरमा राख्ने रचनाको सपना भयो पूरा

काठमाडौं । गायिका रचना रिमालले गायनबाटै पक्की घर बनाएकी छन् । झापास्थित चन्द्रगढीमा उनले गायनबाट गरेको कमाइले चार कोठे पक्की घर बनाएकी हुन् ।

“सानैदेखि बाबा–ममीलाई एउटा घर बनाएर राख्ने सपना थियो । सांगितिक क्षेत्रबाटै यो सपना पूरा गर्छु भन्ने कल्पना नै थिइनँ,” रचनाले सामाजिक सञ्जाल फेसबुकमा लेख्छिन्, “तर, सबैको माया र आशिर्वादले आज मेरो एउटा सपना पूरा भएको छ ।”

उनले चन्द्रगढीमा रहेको पुरानो घर भएको ठाँउमा चार कोठे पक्की घर निर्माण गरेकी हुन् । रचना अहिले रेकर्डिङ र स्टेजकी रोजाइकी गायिका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै