Comments Add Comment

प्रदीप गिरिको स्वास्थ्य अबस्था थप गम्भीर ,आइसियुमा राखेर उपचार हुँदै

नेपाली काङ्ग्रेसका नेता तथा बौद्धिक बिष्लेषकको रुपमा चिनिएका प्रदीप गिरिको स्वास्थ्य थप जटिल भएको छ।उनी मेडिसिटी अस्पतालमा उपचाररत थिए।उनको घाटीको क्यान्सरको साथै निमोनिया समेत देखिएको थियो।

उनी भारतमै उपचार गराइरहेका थिए तर निमोनिया पनि देखिएपछि उनी नेपालकै मेडिसिटि अस्पतालमा उपचार गराइरहेका छन् ।निमोनियाको लागि अस्पताल आएपनि उनको स्वास्थ्यमा सुधार भने हुन सकेको छैन ।

अस्पतालका अनुसार उहाँको स्वास्थ्य कृटिकल अबस्थामा नै रहेको छ।केही दिन अघि स्वास्थयमा सुधार आएपनी अहिले स्थिर रहेको छ।घाटीको क्यान्सर फैलदो अबस्थामा र निमोनिया समेत गर्दा जटिलता देखिएको हो।

उनको नेपाली राजनीतिमा चाणक्यको रुपमा समेत चिनिन्छ।नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले केही दिन अघि उनलाई हस्पिटल पुगि भेटेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै