Comments Add Comment

हर्क साम्पाङको अर्को स्ट्याटस: काला चस्मा लाएर सुतिरहेकाहरु कसरी जुर्मुराए भन्ने कुरा हेर्नु ! :

काठमाडौँ- धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र काठमाडौँ महानगरपालिकामा मेयर बालेन शाहबीचको फेसबुक जुहारी बिहीबार साँझसम्म पनि कायमृ छ।

बिहीबार साँझ साम्पाङले फेरि बालेनलाई कटाक्ष गर्दै फेसबुक स्टाटस लेखेका छन्।

उनले लेखेका छन्- फोहोरसम्म सोहर्न नसक्नेले के फुइँ लाउनु बेकारमा! फोहोर ठेगान लगाएर बल्ल कुरा गर्नु है! हावा गफ होइन काम चाहिएको छ जनतालाई!

यसअघि उनीहरुबीच सामाजिक सञ्जालमा आरोप प्रत्यारोप चलिरहेकै छ।

उनले भर्खरै लेखेका छन् ,`मैले के भनें कसरी भनें भन्दा पनि मैले भनेको कुराले कस्तो र कति तरंग ल्यायो र काला चस्मा लाएर सुतिरहेकाहरु कसरी जुर्मुराए भन्ने कुरा हेर्नु ! See the result not the way.´

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै