Comments Add Comment

जर्नादन र वर्षमानलाई छोडेर महासचिवमा किन रोजे देब गुरुङलाई प्रचण्डले?

काठमाडौं, २ भाद्र । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी पदाधिकारी लामो समय टुंगो लगाएनन् । तर, चुनावको मुखमा उनले पदाधिकारीको टुंगो लगाउने गरी तयारी थालेका छन् ।

यसअघि महासचिवका लागि जर्नादन शर्मा र वर्षमान पुनबीच ठूलै संघर्ष चल्यो । त्यसमा शक्ति बस्नेत पनि जोडिए जो प्रचण्डका विश्वासपात्र मानिन्छन् । माओवादीभित्र बलियो पकड बनाएका शर्मा र पुनबीचको संघर्ष रोचक बन्यो । तर, अन्तमा प्रचण्डले चार्तुयता देखाइहाले ।

प्रचण्डले वर्षमान पुन र जर्नादन शर्मा दुवैलाई महासचिव बन्नबाट रोक्ने भएका छन् । उनले पाका नेता देव गुरुङलाई महासचिवमा ल्याउने भएका छन् । गुरुङ सांगठनिक हिसाबले शर्मा र पुनभन्दा कमजोर छन् तर बैचारिक हिसाबले उनी धेरै अघि देखिन्छन् । यसकारण उनको रोजाईमा गुरुङ नै परेको विश्लेषण हुन थालेको छ ।

जनार्दन र बर्षमान पार्टी भित्र गुट बनाइसकेका छन् ।एकाअर्काको अस्तित्व जोगाउन लागिपरेका छन् एउटालाई महासचिव बनाएर अर्कोलाई बाहिर राख्न सक्ने अबस्थामा प्रचण्ड छैनन् ।यी दुबै माओवादीको केन्द्रबिन्दु मानिएको रोल्पा र रुकुम क्षेत्र बाट पर्छन् यसले गर्दा पनि प्रचण्डले सजिलो बाटो रोजेका हुन् ।पार्टी भित्र संकट गहिरिदा बैचारिक रुपमा बहस गर्न सक्ने नेताको रुपमा देब गुरुङ चिनिन्छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै