Comments Add Comment

अभागी बामदेबको प्रचण्ड र माओवादी मोह!

नेपाली राजनीतिमा एक समय थियो जहाँ बामदेब गौतमलाई किङ मेकरको रुपमा हेर्ने गरिन्थ्यो।उनी आफै किङ बन्न नसकेपनि किङ मेकर भने थिए।पार्टी भित्र बामदेबसंग निर्णयक मत हुने गर्थ्यो।पार्टी एकता गरेर नेकपा बनाउन पनि बामदेबको ठूलो हात थियो।तर पार्टी एकतापछी उनी एकै कित्तामा रहन सकेनन् ।उनले पार्टी बिभाजनको बेला तटस्थ बसे ।

पछि माधब र प्रचण्ड संग मिले।एकीकृत समाजवादीको चुनावी गित समेत निकाले।त्यसलगत्तै उनी ओलि भेट्न बालकोट पुगे र भने एकताको जिम्मा मलाई दिनुस ।म तपाइँले भने बमोजिम नै एकता गर्छु।ओलिले खासै चासो देखाएनन।त्यसपछि भने एक-दुई पटक बैठकमा पुगेका उनले पार्टीमा राजिनामा पत्र बुझाए।त्यसपछि खोलेको पार्टीमा उनी आफै कारबाहीमा परे र फेरि नयाँ दल दर्ता गराए।
नेकपा एमालेको बुटवलमा भएको आठौं महाधिवेशनमा बामदेबको साथ झलनाथ खनाललाई भयो त्यसपछि झलनाथ पार्टी अध्यक्ष बन्न पुगे।देशको प्रधानमन्त्री बन्ने मौका पाए।नबौ महाधिवेशनमा बामदेब गौतमको साथ केपि शर्मा ओलिलाई रह्यो ।उनी पनि पार्टी अध्यक्ष बन्दै प्रधानमन्त्रीसम्म बन्न पुगे। तर उनलाई ओलिले आफ्नो उत्तराधिकारी भनेपनि ओलिको त्यो वचन व्यबहारमा कहिल्यै देखिएन । उल्टै आफू प्रधानमन्त्रीको दावेदार हो भनेर प्रस्तुत हुँदा ओलि समुहले नै आफुलाई चुनावमा हराएको बामदेब बताउँछन् ।

यिनै बामदेबको प्रचण्ड मोह भने हेर्न लायक देखिन्छ।उनी आज मात्र होईन माओवादी युद्दकालमा रहदा देखि नै प्रचण्ड संग निकट र बिश्वासयुक्त सम्बन्ध थियो।बि.स २०५७ सालमा जब नेकपा एमाले बिभाजन भएर माले बन्यो त्यतिबेला मालेको तर्फबाट बामदेब गौतम देवी ओझालाई लिएर सिलिगुडी र रोल्पा पुगेर माओवादी नेतृत्वसंग भेट नै गरेका थिए।उनलाई माओवादी नेतृत्वले त पार्टी एकताकै लागि आग्रह गरेको थियो।

अभागी बामदेबले बि.स २०५६ मा भएको चुनावमा मालेबाट एकसिट पनि जित्न सकेनन् ।त्यसपछि सबै कार्यकर्ता लाखापाखा लाग्न थाले ।त्यसको फाइदा माओवादीलाई पुग्न गयो।२०५८ सालमा फेरि उनी नेकपा एमालेमा आएपनि अधिंकाश कार्यकर्ता माओवादीमा प्रवेश गरे।

बि.स २०६१ माघ १९ मा राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नो हातमा लिए त्यसबेला पनि एमालेको तर्फबाट वार्ता समितीमा उनकै नेतृत्वमा युवाराज ज्ञवाली समेत रोल्पा पुगेर माओवादी संग वार्ता गरे।

प्रधानसेनापति प्रकरणमा पनि प्रचण्डको साथ बामदेबलाई नै थियो।माधब नेपाल प्रधानमन्त्री हुँदै गर्दा माओवादीले राजधानी घेर्ने भन्दै आन्दोलन गरेको थियो ।त्यसबखत पनि उनले नेपालले राजिनामा दिनुपर्ने भन्दै उनी सहित उनी निकट ५६ जनाले बिज्ञाप्तिनै जारी गरेका थिए।

प्रचण्ड र बामदेबको सम्बन्ध कतिसम्म प्रगाढ थियो भन्ने बारे हेर्न २०६४ सालको चुनाबको समयमा फर्किनुपर्छ।बामदेब गौतम बर्दिया बाट चुनाव लडेर पराजित भए।पराजित हुने बित्तिकै उनी काठमाडौ आएर भैसेंपाटी आफ्नो निवास पनि नगइ सबैभन्दा पहिला नयाँ बजार स्थित प्रचण्ड निवास पुगेका थिए।उनले भनेका थिए,`तपाईंबाट धेरै आशा गरेको थिए।तपाईंले नै चुनाब किन हराउनुभयो?´ भन्दै प्रश्न गरे।त्यतिबेला उनलाइ पराजित गर्ने ब्यक्ति माओवादी नेतृ सरला रेग्मी थिइन् ।

माओवादी र एमालेको सयुक्त सरकार बन्दा पनि प्रचण्ड प्रधानमन्त्री र बामदेब उपप्रधानमन्त्री भएका थिए।यो जोडि त्यतिखेर पनि अतिनै घनिष्ठका साथ जमेको थियो।

तिनै बामदेब गौतम आज माओवादी केन्द्रकै चुनाव चिन्ह हसियाहथौड़ा बाट चुनाव लड्न तम्सिएका छन।उनी अझै पनि म प्रधानमन्त्रीको दावेदार हो भनिरहन्छन।माओवादी भने बामदेबले समेत आफ्नो चुनाव चिन्ह बाट लड्डदा आफुलाइ फाइदा नै हुने देख्छन् । भोलि एकताको बाटो समेत खुलेर माधब नेपाल समेत आउने अवस्था बनाउन कसरत गरिरहेका छन् ।एकता समिति छिट्टै बन्ने बताइसकेका छन् ।यता बामदेबलाई चुनाव जित्नु छ।उनलाई थाहा छ माओवादी केन्द्रमा प्रचण्डले भनेपछि कसैले हुँदैन भन्दैन र चुनावमा सजिलै सिट सुरक्षित गर्न सक्छु।

उनको अति महत्त्वकांक्षा र पछिल्लो समय देखिएको अस्थिरताले उनलाई किङ मेकर बाट कहिले ओलि,कहिले प्रचण्ड त कहिले माधब नेपालको पछि लाग्दैमा राजनीतिक पेण्डुलमका रुपमा देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै