Comments Add Comment

कार्यकर्ताले देख्न चाहेको एकता ,यसरी भयो सम्भव!

कुनै समय थियो माओवादी पार्टी भनेपछि डा.बाबुराम भट्टराईको याद आउने गर्थ्यो।जनयुद्ध कालमा प्रचण्ड भन्ने को हो भन्ने बारे गुपचुप राखिएको थियो ।त्यतिखेर एउटा परिचित नाम थियो `बाबुराम ´।तर त्यही बाबुराम बैकल्पिक शक्तिको आबश्यकता छ भन्दै एक नयाँ प्रयोगमा निस्कियो।त्यो प्रयोग सफल हुन सकेन ।

यता प्रचण्ड पनि साच्चिकै एउटा कमजोर मनस्थितिमा पुगिसकेका थिए।संगठन जोगाउनुपर्ने र नेताहरुको मनस्थिति नै बुझ्ननसक्ने अवस्थामा देखिन्थे । हिजोका सल्लाह दिने सहकर्मी उनको साथमा भएनन्।मोहन बैध ,विप्लब,बाबुराम देखि बादल सम्म माओवादीमा नहुनुले पार्टी बैचारिक द्वन्दमा पनि कमजोर बन्न पुग्यो।बैचारिक द्वन्द्व बिना केही नयाँ निस्कन सक्ने स्थिति बनेन।
कुनैदिन एउटै घरको डेरामा बसेका बाबुराम र प्रचण्डलाई एकाअर्काको आबश्यकता सधै महशुस भैरह्यो।बैकल्पिक शक्ति निर्माणका लागि भन्दै बाबुरामले माओवादी छोडेको ७ बर्ष पुग्न लागेको छ।हसियाहथौड़ा बाट चुनाव नलडेको त ९ बर्ष पुगिसक्यो।
यो सबै एकताको सुत्र बनाउने काम हो बाबुरामको तर्फबाट गंगा श्रेष्ठ ,बिश्वदिप पाण्डे लगायत टिमको।यता माओवादी बाट पछिल्लो समय जनार्दन ,बर्षमान पुन र उपराष्ट्रपति नन्दबहादुर पुन लगायत सक्रिय थिए।
यो सात बर्षको दौरानमा ८ पटकसम्म प्रचण्ड र बाबुरामको भेट उपराष्ट्रपतिलाई साक्षी राखेर भेटेका थिए।यसैबीच प्रचण्डको भान्जा निवास हात्तिवनमा बाबुराम र प्रचण्ड बीच ३ पटक भेट भैसकेको थियो।यता बिश्वदिप र प्रचण्ड बीच पनि निर्णायक छलफल सुरु भैसकेको थियो।यसैगरी जनार्दन,बर्षमान बीच बाबुरामको भेट समेत भैरहेको थियो।यी सबै भेट पश्चात् बाबुराम पार्टी एकतामा नै जान पर्ने अबस्थामा पुगे।

कार्यकर्तामा थपिएको निराशा ,पाएको उपलब्धि झन कमजोर र दिनानुदिन कमजोर हुँदै गैरहेको शक्तिले दुबै मिल्नुपर्ने बाध्यतामा पुगे।बाबुरामले समाजवादी नाम राख्नुपर्ने बताएका छन् ।नेकपा नै राखेर नेकपा समाजवादी केन्द्र बनाएर बृहत् बनाउने बाबुरामको चाहना छ।बैकल्पिक शक्ति पनि नबन्ने कार्यकर्ता देखि नेता सम्म जोगाउन गार्हो हुँदै गएको र चुनावी अबस्थाले समेत गर्दा एक हुन आबश्यक दुबै नेताहरुले महशुस गरे।

यसले माओवादी नेतृत्वमा भने खुशीयाली नै छाएको छ।दुबै नेता एकैठाउ हुँदा शक्ति बलियो हुने आशामा कार्यकर्ता छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै