Comments Add Comment

कालीबाबाले अचानक जगाइदिए गुह्येश्वरीको खड्ग, सर्वनास होस्: डा.जगमान गुरुङ

बाबाको नाममा अनेक हर्कत गर्नेहरु नेपालको जुनसुकै मन्दिरमा पसेर जे पनि गर्न पाउने अबस्था नेपालमा सिर्जित भैसकेको छ। यस्तै काम गरेका छन् कालीदास बाबा नाम राखेका एकजना ब्यक्ति ।यो कुरा हो साउन २६ गते गुह्यश्वरी माताको खड्ग जगाउने काम।
यो खड्ग साधना राजकीय पुजाको बेलामा मात्र गरिन्छ।तर उनिसंग एउटा अर्का पण्डित र एकजना महिला देखिन्छिन।राजकीयको रुपमा गर्ने गरेको पुजामा ती को महिलाको लागि किन खड्ग जगाए भन्ने बारे प्रष्ट पारिएको छैन ।

उनी एक घटना बाट पनि चर्चित थिए।राजा ज्ञानेन्द्र हुँदा श्त्रु नष्ट गरिदिने भन्दै खुर्सानी र घिउ राखेर यज्ञ गराएका थिए त्यसको केही दिनमा नै ज्ञानेन्द्रको सत्ता ढल्यो।

संस्कृतिविद् एवं नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा.जगमान गुरुङले कालीबाबाको यो कार्यलाई सर्बनाश होस् भनी बताएका छन् ।

उनले लेखेको फेसबुक स्टायटस यस्तो छ:

नेपालमा फेरी के गर्न लागेको हो यो ?
श्रीगुह्येश्वरीपीठ नेपालको मुख्य शाक्तपीठ हो।श्रीगुह्येश्वरीपीठको अवस्थितिले गर्दा तन्त्रशास्त्रमा नेपाल देशलाई नै नेपालपीठ मानिएको छ।गुह्येश्वरीपीठमा विश्वका तान्त्रिक साधकहरु आएर साधना गर्न सक्छन् र साधना गरेर सिद्धि प्राप्त पनि गरेकाछन्।
गुह्येश्वरीपीठको नित्य, नैमित्य र राजकीय पूजाहरु हुन्छन्।त्यसका आफ्नै विधि हुन्छन् , जुन पूजामा जथवा तथवा मानिसको प्रवेश निषेध गरिएको हुन्छ।भगवान् शङ्करले माता गौरीलाई तन्त्रशास्त्र र आगमको सन्दर्भमा गोपनीयं प्रयत्नेन स्वयोनिरिव पार्वति भन्नु भएको छ।

तदनुसार श्रीमाता गुह्येश्वरीको विशेष श्रृङ्गार विशेष पर्वहरुमा मात्र पहिराइन्छ।अझ श्रीगुह्येश्वरी माताको खड्ग ता राजकीय पूजाको अवसरमा अघि राजतन्त्रात्मककालमा गद्दिनसिन श्री ५ महाराजाधिराज र वर्तमान अवस्थामा सम्माननीय राष्ट्रपतिज्यूको समुपस्थितिमा खड्ग स्थापना गरेर खड्ग साधना गर्ने हो।बेला न कुबेला बजि नेला भने जस्तै जुन सुकै बेलामा कुनै असम्बन्धित व्यक्तिको रहर पुय्राउनका लागि कुनै अमुक व्यक्तिको आदेशबाट खड्ग स्थापना गरेर खड्गसिद्धि पूजा गर्न हुन्न।त्यस्तो अनियमित पूजा प्रत्युत्पादक हुन्छ।यस्तो पूजा गर्न कसले आज्ञा दियो ?
कस्को रहर पुय्राउन के उद्देश्य पूर्तिका लागि यस्तो पूजा गरियो ?गुह्येश्वरीपीठमा बाहिर ता फोटो खिच्न पाइँदैन भने गर्भगृह कै मुबि र फोटो खिच्न कस्ले अनुमति दियो यो सबै नेपालको गुह्यता भङ्ग गर्ने र नेपालको अस्मिता मास्ने दुष्प्रयाश हो। यस्ता यस्तै नचाहिँदो काम गरेर नेपालबाट राजतन्त्रको जरो उखेल्यो।अब नेपालको बाँकी बचेको अस्मिता पनि नष्ट पार्ने छ । यसकारण जुन जुन व्यक्ति र निकाय यस कार्यमा सहभागी छन्,तिनको सर्व नाश हुनेछ।

हे जगज्जननी भगवती परम कामेश्वरी श्रीगुह्येश्वरी माता तिमी शून्यानां शून्यसाक्षीणी हौ।म केही जान्दिन ।तिमीले नै सतको सत् र असतको असतको निरूपण गर।
ॐ शरणागतदीनार्तपरित्राण परायणे ।
सर्वस्यार्तिहरे देवी नारायणि नमोSतु ते।।
हरिॐ तत्सद् ब्रह्मणे नम: ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै