Comments Add Comment

धौलागिरी लघुवित्तको आइपीओ आज बाट खुल्यो,यस्तो छ कम्पनी

काठमाडौं : धौलागिरी लघुवित्तको मंगलबार साउन २४ गतेबाट सर्वसाधारणका लागि आइपीओ बिक्री खुला हुँदैछ । कम्पनीले ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता आइपीओ जारी गर्न लागेको हो । जसमध्ये ५% अर्थात १६ हजार ५५० कित्ता सामूहिक लगानी कोष र ०.५% अर्थात् ५ हजार १५५ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी ३ लाख ९ हजार २९५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा साउन २९ गतेसम्म आवेदन दिन सकिनेछ ।

सो अवधिमा सबै सेयर बिक्री नभएमा भदौ ७ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । लगानीकर्ताले प्रतिकित्ता १०० दरले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् यो आइपीओमा सनराइज क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

रेटिङ

क्रेडिट रेटिङ एजेन्सी केयर नेपालले धौलागिरी लघुवित्तलाई ‘केयर एनपी डबल बी माइनस इस्यूअर रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ । केयर नेपालले सन् २०२१नोभेम्बर ११ मा यो रेटिङ दिएको हो । यो रेटिङसन् २०२२ नोभेम्बर ११सम्म बाहल रहनेछ ।

कति कित्ताका लागि दिने आवेदन ?

धौलागिरी लघुवित्तको आइपीओ पाउन लगानीकर्ताले भाग्यकै सहारा लिनु पर्नुपर्ने देखिन्छ । कम्पनीले सर्वसाधारणका लागि ३ लाख ९ हजार २९५ कित्ता मात्र सेयर निष्कासन गरेको छ । यसआधारमा, धौलागिरीको आइपीओ न्यूनतम १० कित्ताका दरले बाँडफाँट गर्दा ३० हजार ९२९ जनाले मात्र सेयर हात पार्नेछन् । यस आधारमा हेर्ने हो भने यो आइपीओमा पनि १० कित्ताका लागि आवेदन दिँदा पर्याप्त हुने देखिन्छ । यद्दपि, कम्पनीले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै