Comments Add Comment

बिनोद चौधरी माथि कठोर वनेर निस्किए बालेन,पर्ने भयो गार्हो

काठमाडौँ — काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शांहले थापाथलीस्थित नर्भिक अस्पतालले लिजमा लिएको सरकारी जग्गामा बनाएको टहरा हटाउन निर्देशन दिएका छन् ।

नर्भिक अस्पतालले लिजमा लिएको एक रोपनी ८ आना जग्गाको पश्चिमतर्फ सम्झौता विपरीत र नक्सा पास नगरी घर टहरा बनाएको भन्दै ती संरचना २४ घण्टाभित्र हटाउन मेयर साहले निर्देशन दिएका हुन् ।

काठमाडौं महानगरपालिकाका शहरी व्यवस्थापन विभागका प्रमुख सुरज शाक्यले मेयर साहको निर्देशन अनुसार घर टहरा हटाउन र नहटाए नियम अनुसार कारबाही गर्ने भनी सूचना जारी गरेका छन् ।

उक्त हस्पिटलमा नेपालकै सबैभन्दा धनी ब्यक्तिका रुपमा चिनिने बिनोद चौधरी अर्थात सिजि ग्रुपको लगानी रहेको छ।नर्भिक अस्पताल चौधरी समुहको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै