Comments Add Comment

चोलेन्द्र असक्षम भए ससंद पुनर्स्थापना र प्रधानमन्त्री नियुक्ति कसरी वैध हुन्छ ?’

प्रधानन्यायाधीश चोलन्द्रशमशेर जबराको असक्षम भए उनको नेतृत्वमा भएको प्रतिनिधि सभाको पुनर्स्थापना र प्रधानमन्त्री नियुक्तिको परमादेश कसरी वैध हुन्छ ?’, भनी एक सांसदले प्रश्न सोधेका छन् । जबराविरुद्ध प्रतिनिधि सभामा दर्ता गरिएको महाभियोग प्रस्ताव माथिको छलफलमा आइतवार भाग लिँदै नेमकिपा सांसद प्रेम सुवालले ‘असक्षम’ आरोप लगाइएको प्रधानन्यायाधीशले गरेको पुनर्स्थापना कसरी वैध भनी प्रश्न गरेका हुन् ।

‘प्रतिनिधिसभा पुनर्स्थापना गराउनको लागि पाँच दलीय गठबन्धनबाट प्रधानन्यायाधीश जबरामाथि के–के दबाब आएको हो ? उनले बयान दिनुपर्छ’ सुवालले भने, ‘प्रतिनिधि सभा पुनर्स्थापना गर्ने प्रधानन्यायाधीश सअक्षम भएको हुँदा महाभियोग शिकार बन्नु पर्‍यो । प्रधानमन्त्री नियुक्ति कसरी वैध हुन्छ ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै