Comments Add Comment

फरवार्ड माइक्रोफाइनान्सको खुद नाफा ६५.६५% बढ्यो, कस्तो असर पर्ला आज सेयरमा?

काठमाडौं : फरवार्ड माइक्रोफाइनान्सको अधिकांश सूचक आकर्षक देखिएको छ । यस लघुवित्तको खुद नाफा ६५.६५% ले बढेर गत आर्थिक वर्षको अन्त्यसम्ममा ८४ करोड ५३ लाख रुपैयाँ पुगेको छ । फरवार्डको खुद ब्याज आम्दानी ८.८५% र सञ्चालन नाफा २.८२% ले मात्र बढेको छ । यद्दपि, यस अवधिमा १४ करोड १५ लाख रुपैयाँ राइट ब्याक गरेपछि खुद नाफा बढेको देखिन्छ ।

यता, कम्पनीको चुक्ता पुँजी ८४ करोड रुपैयाँ भन्दा बढी पुगेको छ । रिजर्भ कोष पनि आकर्षक देखिएको छ । रिजर्भमा ७२.३१% ले सुधार हुँदै १ अर्ब ८४ करोड ७९ लाख रुपैयाँ जम्मा भएको छ । असार मसान्तसम्म आइपुग्दा फरवार्डको प्रतिसेयर आम्दानी १०० रुपैयाँ १ पैसा कायम भएको छ । प्रतिसेयर नेटवर्थ भने ३०८ रुपैयाँ ८० पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै