Comments Add Comment

प्रचण्ड र बादलको चितवनमा आमनेसामने,यस्तो छ अंकगणित

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आउँदो निर्वाचनमा चितवनबाटै चुनाव लड्ने घोषणा गरेका छन् । उनले चितवन क्षेत्र नं ३ बाट निर्वाचन लड्ने स्पष्ट पारेका हुन् ।

भरतपुरमा आज आयोजित कार्यक्रममा प्रचण्डले भने,‘म चितवन छाड्दिनँ, भाग्ने मान्छे हुँदै होइन ।’ माओवादी छाडेर नेकपा एमालेमा रहेका रामबहादुर थापा बादलले चितवनबाट प्रचण्डसँग चुनाव लड्ने घोषणा गरेपछि उनको भनाई आउन थालेको हो ।

प्रचण्डले चितवन नछाड्ने र बादल पनि प्रचण्डसँगै चुनाव भिड्ने भएबाट त्यहाँको राजनीतिक रोचक बनेको छ । बादललाई बलियो बनाउनकै लागि एमाले अध्यक्ष केपी शर्मा ओलीकै निर्देशन बमोजिम मंसिरमा तय भएको महाधिवेशन चितवनमा सारिएको छ । यसबाट बादल उत्साही भएका छन् ।

एमाले महाधिवेशन चितवनमा गर्ने तय भएपछि प्रचण्डको चुनावी क्षेत्र दौडाहा तिव्र भएको छ । चितवनमा कठिन चुनाव लड्नुपर्ने भएबाट प्रचण्ड यसपटकको चुनावमा देश दौडाहा खासै गर्न नपाउने अवस्था पनि बन्न सक्ने देखिएको छ ।

प्रचण्ड चितवन नछाड्ने र बादल हराइछाड्ने रणनीतिमा छ । एउटै पार्टीमा लामो समय काम गरेका दुई नेताबीच चुनावी भिडन्त हुने लगभग पक्का भएको छ । अबको चुनावमा प्रचण्डले चितवनबाट नै मैदानमा उत्रने घोषणा गरेका छन् ।

दुई पटकका प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भने आगामी निर्वाचनमा गठबन्धनले गर्दा सजिलो नै हुने देखिन्छ ।

उनको निर्वाचन क्षेत्र चितवन-३ हो । जहाँ उनी २०७४ को निर्वाचनमा एमालेसँगको गठबन्धनमा जितेका थिए । उतीबेला उनले ४८ हजार २७६ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेससँगको तालमेलमा लडेका राप्रपाका बिक्रम पाण्डेले ३८ हजार ९३५ मत ल्याएका थिए ।

यो निर्वाचन क्षेत्रमा भरतपुर महानगरपालिकाका वडा नम्बर ६, ८, ९, १३, १४, १५, १६, १७, १८, १९, २०, २१, २२, २३, २४, २५, २६, २७ र २८ गरी १९ वडा र माडी नगरपालिकाका सबै नौ वडा समावेश छन् ।

गएको स्थानीय तह निर्वाचनमा पाँचदलीय गठबन्धन बाट मेयरमा प्रचण्डपुत्री रेनु दाहाल भरतपुर महानगर मेयरमा पुनः निर्वाचित भएकी छन् । यद्यपी उनको जीत गठबन्धनकै भरमा सम्भव देखिएको वडागत नतिजाले पनि देखाउछ ।

प्रचण्डको निर्वाचन क्षेत्रमा पर्ने भरतपुर महानगरका १९ वडामध्ये सबैभन्दा बढी १० वडा कांग्रेसले जितेको छ । यस्तै एमाले र माओवादी केन्द्रले ३-३ वडा जितेका छन् भने नेकपा एसले २ र १ वडा स्वतन्त्र उम्मेदवारले जितेका छन् ।

यस्तै माडी नगरपालिकामा राप्रपा र एमालेको गठबन्धनबाट एमालेले मेयर जितेको छ । उपमेयरमा भने कांग्रेस जितेको छ । वडागत नतिजामा माओवादी केन्द्रले ४, राप्रपा र नेकपा एसले २/२ र एमालेले १ वडा जितेको छ ।

योसँगै प्रचण्डको यो निर्वाचन क्षेत्रका २८ वडामध्ये सबैभन्दा बढी १० वडा कांग्रेस, ७ वडा माओवादी केन्द्र, नेकपा एमाले र नेकपा एस ४÷४ वडा राप्रपा २ र स्वतन्त्र १ वडा जितेका छन् ।

वडाध्यक्षका उम्मेदवारहरूले पाएको मतमा एमाले पहिलो देखिन्छ । उसका वडाध्यक्षका उम्मेदवारहरूले कुल २९ हजार ७७१ मत प्राप्त गर्दा कांग्रेसका उम्मेदवारहरूले २९ हजार ३४३ मत प्राप्त गरेका छन् । माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवारहरूले जम्मा १० हजार ९४० मत मात्रै प्राप्त गरेका छन्, भने राप्रपाका उम्मेदवारहरूले ६ हजार १९८ मत पाएका छन् ।तर गठबन्धन हुने भएपछि नेपाली काङ्ग्रेस ,जसपा,नेकपा एस र नेकपा माओवादी केन्द्रसमेत गर्दा प्रचण्ड खतरामुक्त अबस्थामा छन् म

नेकपा एसका वडाध्यक्ष उम्मेदवारहरूले यो क्षेत्रमा ५ हजार ३७ मत पाएका छन् भने जसपाले ७२ मत बटुलेको छ । यसरी जुनसुकै कोणबाट हेर्दा पनि प्रचण्डलाई निर्वाचन जित्न गठबन्धनले सजिलो बनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment