Comments Add Comment

बाटो नै नभएको ठाउँमा पुल बनाएका एमाले नेता भन्छन् :पुल बनाएर बाटो बनाउने हो

काठमाडौं । नेपालमा बिकासको नाममा पहुँचवाला नेताहरुले आबश्यक नै नभएको ठाउँमा बजेटको दुरुपयोग गर्छन् ।जहाँ बजेट आबश्यक छ र पहुँच छैन त्यहा बजेट नै पुग्दैन ।

यस्तै घटनालाई लिएर तातिरहेको छ सामाजिक संजाल।त्यो घटना हो एमाले नेता एवं गण्डकी प्रदेशका तत्कालीन मन्त्री रामशरण बस्नेतले दरौंदी नदीमाथि बनाउन बकेट छुट्याएर बनेको पुल।तर उनले भने यस विषयमा अनावश्यक चर्चा र आलोचना भएको बताएका छन् । त्यो पुल बनाउनको लागि करोडौं खर्च भएको छ। उनले आफ्नो बाबुको नाममा रहेको जग्गाकै छेउमा मोटरेबल पुल बनाएको स्वीकारेका छन् ।

दरौंदी नदीमाथि बनेको पुलमा एकातर्फ हरियो खेतनै खेत देखिन्छ जहाँ धान रोपिएको छ भने अर्कोतर्फ पहरा देखिन्छ । गोरखा नगरपालिकाको नारेश्वर र सिरानचोक गाउँपालिकाको जरेबर जोड्न बनाइएको पुललाई मोटर बाटोले छोएको छैन। मन्त्री भएकै बेला बस्नेतले पुल निर्माण गर्न स्वीकृति दिएका थिए ।

गण्डकी सरकार मातहत पूर्वाधार विकास कार्यालय गोरखाले बनाएको उक्त पुल अझै निर्माण सकिएको छैन। २०७७ जेठमा दुई वर्षभित्र सक्ने गरी पाँच करोड ३९ लाख ८० हजार रुपैयाँमा उक्त पुल बनाउन ठेक्का सम्झौता भएको थियो। पुल बनाउने ठेक्का पाएको हिन्दुम एण्ड ठोकर कन्स्ट्रक्सन, गोसाइँकुण्ड र आइएसएनएस निर्माण कम्पनीले जोइन्ट भेन्चरमा ठेक्का पाएका थिए।

पुलपारि पहरा देखिएको ठाउँमा दुई सय मिटर बाटो बनाउन बाँकी छ भने वारि धानखेततर्फ सय मिटर बाँकी छ। स्थानीयवासीले धानखेत मासेर सडक बनाउन रोक लगाउँदा पुल अलपत्र परेको बताएका छन्। धानखेत मास्न नदिने किसानको अडानले पुलसम्म पुग्ने मोटर बाटोको ट्रयाक खोल्न बाँकी छ। बजेट सक्न र आफ्नो परिवारको नाममा रहेको जग्गाको भाउ बढाउनकै लागि बस्नेतले दरौंदी नदीमाथि बाटो नभए पनि पुल बनाउन लागेको भन्दै उनको आलोचना भइरहेको छ ।

तर उनले भने `पुल बनाएर बाटो बनाउने हो।पहिला बाटो नै बनाउन पर्छ भनेर कतै लेखिएको छैन ।यो अनावश्यक हल्ला चलाइयो।हामी संग बाटो बनाउने बजेट छ।पुल बनेपछि हामी बाटो पनि बनाउछौ।´

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै