Comments Add Comment

चीनले ताइवान वरिपरि क्षेप्यास्त्र प्रहार गर्दै,बोले सेनाको कमान्डर

अमेरिकी सभामुख ताइवान पुगे लगत्तै सैन्य कारबाही गर्ने चीनको घोषणा, ताइवान वरिपरि क्षेप्यास्त्र प्रहार गर्ने
काठमाडौं । अमेरिकी सभामुख न्यासी पेलोसी मंगलबार राति ताइवान पुगेपछि चीनले सैन्य कारबाहीको घोषणा गरेको छ ।

चिनियाँ रक्षा मन्त्रालयले सैन्य कारबाहीको एक शृंखला सुरु गर्ने घोषणा गरेको ग्लोबल टाइम्सले जनाएको छ ।

‘पीएलएले पेलोसीको ताइवान टापुको भ्रमणको प्रतिरोध गर्न र राष्ट्रिय सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको दृढताका साथ रक्षा गर्न लक्षित सैन्य कारबाहीहरूको एक श्रृंखला सुरु गर्नेछ ।’ समाचारमा भनिएको छ ।

त्यसका लागि जनमुक्ति सेनाको पूर्वी थिएटर कमान्डले ताइवान वरिपरि संयुक्त सैन्य कारबाही गर्ने चिनियाँ रक्षा मन्त्रालयका प्रवक्तलाई उधृत गर्दै चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्। ताइवानको उत्तर, दक्षिणपश्चिम र दक्षिणपूर्वमा नौसैनिक र हवाई संयुक्त अभ्यास गरिने चिनियाँ सेनाले जनाएकाे छ ।

पेलोसीको ताइवान भ्रमणलाई लिएर पहिले नै चीनले कडा प्रतिक्रिया जनाए पनि उनी मंगलबार अबेर ताइवान पुगेकी हुन् । कुनै पनि उच्च अमेरिकी अधिकारी २५ वर्षपछि ताइवान पुगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

पेलोसी सवार विमान ताइपेइको शेङहाङ विमानस्थलमा स्थानीय समयअनुसार बेलुका १० बजेर ३० मिनेटमा अवतरण गरेको अमेरिकी सञ्चार माध्यम सीएनएनले जनाएको छ । पेलेसी मलेसियाबाट ताइपेइ पुगेकी हुन् ।

ताइवानलाई चीनले आफ्नो भूमि भन्दै आए पनि ताइवानमा छुट्टै सरकार छ । जसलाई अमेरिकाले सहयोग गर्दै आएको छ । अमेरिकी सभामुखको यो भ्रमणले चीन र अमेरिकाबीच तनाव शिखरमा पुगेकाे छ । चीनले आफ्नो सार्वभौमसत्ताका लागि जस्तो पनि जवाफ दिने चेतावनी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै