Comments Add Comment

साम्पाङले दिए २ जनाविरुद्ध किटानी जाहेरी

विराटनगर |धरान उपमहानगरपालिका प्रमुख (मेयर) हर्क साम्पाङले २ जनाविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका छन् ।

नगर प्रमुखको कार्यकक्षमा तोडफोड र गालीगलौज गरेको भन्दै मेयर साम्पाङले २ जनाविरुद्ध प्रहरीमा जाहेरी दिएका हुन् ।

केही दिनदेखि आन्दोलित बनेका बराह बचत तथा ऋण सहकारीबाट ठगीएका पीडितहरूले आइतवार मेयर साम्पाङको कार्यकक्ष तोडफोड गरेका थिए । सहकारीबाट ठगीएका पीडितहरूको संघर्ष समितिले नाराबाजी गर्दै उनको कार्यकक्षको झ्याल तोडफोड गरेको थियो । मेयर साम्पाङले ‘मलाई सोधेर रकम राखेको’ भनेर जवाफ फर्काएको भन्दै आक्रोशित समूहले कार्यकक्षमा तोडफोड गरेको थियो ।

ईलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक (डीएसपी) बुद्ध श्रेष्ठले अदालतबाट पक्राउ पुर्जी लिइसकिएको बताए । उनले जाहेरीमा उल्लेख भएका नाम भने खुलाउन चाहेनन् । आरोपीलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको उनले बताएका छन् ।

बराह पीडित संघर्ष समितिका संयोजक खगेन्द्र नेपाली र समितिका प्रवक्ता प्रदीप बाँस्तोलाविरुद्ध जाहेरी परेको मेयर निकट स्रोतले जनाएको छ । मेयर साम्पाङले भने आन्दोलनका पछाडि राजनीति जोडिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै