Comments Add Comment

अष्ट्रेलियामा हस्तमै!थुन गर्दैगर्दा नेपाली पक्राउ,

यौ!न अप!राधी घोषित भएर देश फिर्ता हुने जोखिम

एजेन्सी ।सन् २०१५ मा अष्ट्रेलिया पुगेका एक नेपाली पुरुष ‘यौ!न अ!पराधी’ घोषित भएर घर फर्काइने स्थितिमा पुगेका छन् । २६ वर्षीय ती नेपाली युवक २०२१ मा होबार्टमा पक्राउ पर्दा खाद्यान्न डेलिभरी चालकको रूपमा कार्यरत थिए ।

होबार्ट मजिस्ट्रेटको अदालतका अनुसार घटना घटेको दिनमा ती नेपाली बिहानको डिलिवरी सकाएर र रोजनी पार्कतिर गएका थिए । त्यहाँ पुगेपछि वरपर कोही नभएको लागेर उनी कारभित्र हस्तमै!थुन गर्न लागे । काउन्सिलका श्रमिक उनलाई त्यहाँ कार रोक्न पाइँदैन भन्न कार नजिक पुग्दा भित्रको हर्कत देखे । काउन्सिल श्रमिकले उनलाई त्यस दिन त्यहाँबाट जान भने पनि पछि उनलाई निषेधित व्यवहारमा संलग्न भएको मुद्दा पर्यो । मुद्दामा उनी दोषी पाइएका छन् ।

अदालती प्रक्रिया अन्तर्गत कम्युनिटी करेक्सन तास्मानीय(सीसीटी)लाई ती आप्रवासीले पुनः अपराध गर्ने जोखिम रहे, नरहेको मुल्यांकन गर्ने जिम्मेवारी दिइएको थियो । सामान्यतया अदालतले सीसीटीको मूल्यांकनका आधारमा व्यक्तिलाई यौ!न अपरा!धीको सुचिमा राख्न सक्छ । सीसीटीले उसको अनुसन्धानबाट ती नेपाली आप्रवासीले पुनः अपराध गर्ने मध्यम जोखिम भएको रिपोर्ट बुझायो । यस रिपोर्टले एक त नेपाली व्यक्तिलाई कानुनी दस्तावेजमा यौ!न अपराधीका रुपमा सूचीकृत गर्छ भने अर्को उनी अष्ट्रेलीयाबाट निकालिन सक्छन् ।

सीसीटीको निष्कर्षलाई ती व्यक्तिका वकिल दिनेश लोगनाथनले चुनौती दिएका छन् । यसका लागि उनले दुई क्लिनिकल साईकोलोजिस्टहरु डा. ग्रान्ट ब्लेक र डा. एम्मा कोलिन्सको रिपोर्ट अदालतमा प्रस्तुत गरेका छन् । दुवै मनोवैज्ञानिकले पक्राउ परेका नेपालीले पुन अपराध गर्न सक्ने भन्ने सीसीटीको मूल्याङ्कनलाई खण्डन गरेका छन् । लोगनाथनले सोमबार न्यायाधीश एन्ड्र्यू म्याकीसँग चिकित्सकीय मनोवैज्ञानिकको रिपोर्ट दिए पनि सीसीटीले आफ्नो अडान परिवर्तन नगरेको दलिल पेस गरे ।

मनोवैज्ञानिकहरूले सीसीटीले पक्राउ परेका नेपालीले पुनः अपराध गर्ने सम्भावना रहेको देखाउन ‘यौ!न अपराधी जोखिम मूल्याङ्कन’ विधी गलत तरिकाले लागू गरेको आरोप लगाएका छन् । साथै यो विधि अन्य मुद्दामा पनि दुरुपयोग हुन सक्ने उनले बताए । पक्राउ परेका नेपाली आप्रवासीका वकिल लोगनाथनले डा. ब्लेकले कारभित्र हस्तमै!थुन गरेको अवस्थामा फेला परेका व्यक्तिमाथि ‘यौ!न अपराधी जोखिम मूल्याङ्कन’ विधि प्रयोग गर्नुनै गलत भएको बताएको दलिल पेस गरे ।

क्यानेडियन, यूके अनुसन्धानदाताद्वारा विकसित विधि
‘म्यानुअल फर स्ट्याटिक९९आर’ले ‘सेक्सिटिङ’, ‘सार्वजनिक स्थानमा सहमतिमै गरिने यौन सम्पर्क’ र ‘यौ!न मनसायले गरिने अश्लिल व्यवहार’लाई क्याटोगोरी ‘बी’ यौन अपराधमा समावेश गरेको छ । क्यानाडा र बेलायतका अनुसन्धानकर्ताहरूद्वारा विकसित स्ट्याटिक–९९आर निर्देशिका ‘पहिचानयोग्य पीडितसँग हुने वास्तविक यौ!न अपराध भएको अवस्थामा’ लागू गरिन्छ ।

यौन अपराधी जोखिम मूल्याङ्कन विधि गलत रूपमा प्रयोग भइरहेको छ भन्ने मनोवैज्ञानिकहरूको रायबारे अदालतले सीसीटीकी प्रतिनिधि इमिली ड्राईस्डेलसँग प्रश्न गर्दा उनले तिनको धारणा शिर्ष नेतृत्व कहाँ पठाएको बताइन् । ‘मैले चिकित्सकीय रिपोर्ट विशेष प्रबन्धकलाई बुझाएको छु र त्यसको अनुकूल प्रतिक्रिया भने पाएकी छैन । शिर्ष व्यवस्थापकले उक्त विधि सही रुपमा नै प्रयोग भएको जवाफ दिएका छन्,’ उनले अदालतलाई भनिन् ।

मुद्दा अहिले खारेज भएको र यो विवाद अब सम्भवत ‘विवादित तथ्यहरूको सुनुवाइ’मा जानेछ, जहाँ आरोपी दोषी वा निर्दोष भएको जाँच गर्नुभन्दा पनि उनीविरुद्ध प्रयोग भएको प्रमाणकै सत्यतथ्य वा सान्दर्भिकता जाँचिन्छ । रातोपाटी बाट

(एबीसी न्युजको लागि लुसी म्याकडोनाल्डको रिपोर्ट)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै