Comments Add Comment

काभ्रेस्थली घटनाको नालिवेली : दुई छोराछोरी र पत्नीमाथि च!क्कु हानेपछि झु!न्डिए दिनेश

तारकेश्वर नगरपालिका-२ काभ्रेस्थली घरमूली दिनेश पाण्डेले पत्नी र दुई छोराछोरीको च!क्कुले हा!नेर ज्यान लिएपछि आफू झु!ण्डिएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

घटनास्थलमा पुगेको महानगरीय प्रहरी परिसरको टोलीले घरभित्र अनुसन्धानका क्रममा घरमूली दिनेशले खाटमा सुतेका दुवै छोराछोरी र श्रीमतीमाथि च!क्कु हानेका थिए। तीनैजनाको च!क्कुले हानेर ज्या!न लिएपछि उनले अर्को कोठामा गएर झु!न्डिएर आ!त्मह!त्या गरेको प्रहरीले जनाएको छ।

बन्द घरभित्र मृ!त भेटिएका चारै जनाको शरीरमा चोट, घटनास्थलमा च!क्कु फेला

सोमबार बिहान प्रहरी र स्थानीयबासीले ढोका फोरेर भित्र गएका थिए। घरभित्र ४१ वर्षीय दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षीया सुनिता पाण्डे छोरी १३ वर्षीया आशिका पाण्डे र ८ वर्षीय छोरा आशिक पाण्डे मृ!त फेला परेका थिए।

पाण्डे परिवारले आइतवार साँझ मात्रै छिमेकीकहाँ घर गएर खाना खाएका थिए। तर सोमबार बिहान अबेरसम्म घरको ढोका नखुलेपछि स्थानीय र प्रहरी त्यहाँ पुगेका थिए।

प्रहरीले मूलढोका फोडेर हेर्दा छोराछोरीमाथि खाटमा सुतिरहेकै बेला च!क्कु हा!निएको पाइएको छ। दुवै छोराछोरीको श!व रग!ताम्य अवस्थामा खाटमै भेटिएको हो।

अर्कातिर श्रीमतीको श!व भने भुइँमा लडेको अवस्थामा पाइएको छ। उनको शरीरका दर्जनौँ स्थानमा च!क्कु हानिएको छ।

गोरखाको भीमसेन थापा गाउँपालिका-६ का आश्राङका स्थायी बासिन्दा उनीहरु तारकेश्वर नगरपालिका २ मा पनि घर बनाएर बस्दै आएका थिए।

श्रीमती र छोराछोरीको ज्यान लिएपछि दिनेशले अर्को कोठामा गएर झ्यालको रेलिङमा झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ।

पाण्डे परिवारको घर नजिकैको चोकमै फेन्सी र इलेक्ट्रोनिक पसल पनि छ। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीले अहिले घटनाको विस्तृत अनुसन्धान भइरहेको बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै