Comments Add Comment

स्वर्णिम वाग्लेसहित यी तीन जनालाई गोरखामा उत्तराधिकार बनाउने बाबुरामको चाहना

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले गोरखामा जन्मिएका तीन जनालाई निर्वाचित गरेर आफ्नो उत्तराधिकारी बनाउने चाहना व्यक्त गरेका छन्।

स्वर्णिम वाग्ले, उत्तमबाबु श्रेष्ठ र लक्ष्मी देवकोटालाई गोरखबाटै निर्वाचित गरेर आफ्नो उत्तराधिकार सुम्पने चाहना भट्टराईको छ।

गोरखा बुंकोटका वाग्ले अर्थशास्त्री एवं राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष हुन्।

गोरखा हरमटारीका श्रेष्ठले वातावरण विज्ञानमा विद्यावारिधि गरेका हुन् भने पालुङटारका देवकोटाले बुढीगण्डकी विकास समितिका अध्यक्ष भएर काम गरेका थिए।

‘गोरखामा जन्मेर विश्वनागरिक बनेका प्रतिभाशाली बौद्धिकहरू स्वर्णिम वाग्ले, उत्तमबाबु श्रेष्ठ, लक्ष्मी देवकोटा लगायतलाई गोरखाबाट निर्वाचित गरेर आफ्नो उत्तराधिकार सुम्पन पाए र केही दशक देशको नेतृत्वमा पुर्‍याउन पाए कस्तो हुँदो हो भन्ने मनको लड्डु म पनि खाने गर्छु,’ उनले आज ट्वीट गर्दै भनेका छन्, ‘यो निर्वाचन प्रणालीले के देला र?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै