Comments Add Comment

नीता ढुंगाना अस्पतालमा भर्ना ,के भएको हो?

काठमाडौं । नायिका नीता ढुंगाना अस्पताल भर्ना भएकी छन् । पारिवारिक स्रोतका अनुसार एपेन्डिसाइटिस भएपछि उनी मेडिसिटी अस्पतालमा भर्ना भएकी हुन् ।

आज दिउँसो नीता लाजिम्पाटमा रहेको म्यूम ब्यूटी पार्लरको उद्घाटनमा जाने कार्यक्रम थियो । तर, जाँदै गर्दा बाटोमा अचानक पेट दुख्न थालेपछि उनी अस्पतालतिर लागेकी थिइन् ।

नीता नआएपछि प्रकाश सुवेदी र अभिनेत्री रजनी गुरुङले रिबन काटेर पार्लरको उद्घाटन गरे ।

नीताको भोलि बिहान अपरेसन हुने बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै