Comments Add Comment

बाबुराम त माओवादी नै होइनन्, अब तिनको त हिसाब रहेन’:प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डा. बाबुराम भट्टराई माओवादीनै नभएको बताएका छन्। शनिबार पार्टीको सम्पर्क समन्वय प्रदेश कमिटीको प्रशिक्षणमा सम्बोधन गर्दै प्रचण्डले देशमा अब एउटा मात्रै माओवादी रहेको दावी गरेका हुन्।

उनले भने, यो चुनावबाट माओवादी भनेको माओवादी केन्द्र मात्रै हो, अरुको काम छैन भन्ने प्रमाणित भयो। किरण माओवादी काम छैन, विप्लव माओवादीको पनि अब अर्थ छैन, बाबुराम त माओवादी नै होइनन्, अब तिनको त हिसाब रहेन।’

प्रचण्डले भने, ‘आगामी चुनावमा तालमेल गर्दापनि पहिलो हुने हो। नेपाली कांग्रेसका नेताहरूसँग भनेको छु। पहिलो तपाईंहरू हुनुहुन्छ। दोस्रो माओवादी केन्द्र हुने हो। होइन भने स्थिती सहज हुनेछैन भनेको छु।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै