Comments Add Comment

लमजुङमा युवतीको रहस्यमय मृत्यु,यस्तो भन्छ प्रहरी प्रशासन

लमजुङमा दिनानुदिन आंत्मह!त्या देखि हं!त्या हिंसाका घटनाहरु समेत बढ्दो क्रममा छन् ।यस्ता घटनाहरुले चुनौती दिइरहेको छ।

लमजुङ सुन्दरबजार नगरपालिका वडा न०१ कि २८ बर्षिय लीला अछामी युवती मृ!त भेटिएकी छन् ।आज दिउँसो करिब १२ बजेको समयमा युवतीको शव फेला परेको बताइएको छ । उनको खोजी कार्य स्थानीय देखि प्रहरी प्रशासनले तीब्र पारेको थियो।गत मंगलबार करिब साढे ५ बजेतिर आफ्नै दिदीको घरमा गएर उनी केही समयपछि निस्किएकी थिइन् ।
उनी शारीरिक अशक्त थिइन् ।मुखले बोल्न र सुन्न नसक्ने थिइन् ।तर पनि उनी म्यासेज गर्ने फेसबुक चलाउने ,भिडियो कल हरु गर्न भने सक्ने गर्थिन ।उनी भिडियो कल सांकेतिक रुपमा गर्न सक्थिन।

यसै आधारमा प्रहरीले एक शंकास्पद ब्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।सोही गाउँका २४ बर्षका राम सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको हो।राम सुनारले फोन र एसएमस गरेर बोलाएपछि उनी दिदिको घरबाट निस्किएर हिडेकी थिइन् ।तर उनी घर पुगिनन।साझ सम्म घर नपुगेपछी उनको खोजी कार्य गरिएको थियो।सुनार सग भेटेपछि उनी गायब भएकी थिइन् ।यसअघि पनि उनिसंग कुरा भैरहेको अनुसन्धान बाट खुलेको छ।तर अझै पनि निर्क्योलमा नपुगेको प्रहरी प्रशासन बताउँछ ।

प्रहरी प्रशासन भने छिट्टै नै हामी आत्मह!त्या हो या ह!त्या हो भन्ने पोस्टमार्टम बाट र फरेन्सिक टेष्ट बाट अन्य कुरा निर्क्योलमा पुग्ने बताउँछ ।यसैगरी शंकास्पद ब्यक्ति र घरपरिवार संग समेत अनुसन्धान हुनुको साथै कलरेकर्ड पनि हेर्ने काम भएको छ।ह!त्या भएको भए पनि कुनैपनी हालतमा अ!पराधी पत्ता लगाउने प्रशासन बताउँछ ।विभिन्न कोणबाट अनुसन्धान सुरु भैसकेको र शंकास्पद ब्यक्तिलाई सोधपुछ गर्ने काम हुनुको साथै घटनास्थलको अध्यनबाट छिट्टै पत्ता लाग्ने प्रहरी बताउँछ ।

एसएमएस र फोन गरेको आधारमा हिजोदेखि अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय लमजुङको नियन्त्रणमा रहेका सुनारमाथि पनि अनुसन्धान भैरहेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै