Comments Add Comment

नागरिकता विधेयकबारे अध्ययन गरेर निर्णय गर्छु: राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विवादास्पद नागरिकता विधेयकबारे अध्ययन गर्ने बताएकी छन ।

विभिन्न सञ्चार माध्यमका सम्पादक, प्रकाशक तथा स्तम्भकारहरुसँग मंगलबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले विधेयकबारे अध्ययन गर्ने बताएकी हुन । संसदबाट विधेयक आइपुगेपछि आफूले अध्ययन गर्ने र धारणा बनाउने राष्ट्रपतिले प्रष्ट पारिन ।

विधेयकका विषयमा पत्रकारले धारणा मागेपछि उनले यस्तो प्रतिक्रिया दिएकी हुन । कतिपय राजनीतिक दल र बुद्धिजीवीले विधेयक देशको हितमा नरहेको र राष्ट्रपतिले फिर्ता गर्नुपर्ने धारणा व्यक्त गरिरहेका बेला उनको प्रतिक्रिया आएको छ । राष्ट्रपति भण्डारीले भनिन्, ‘नागरिकताबारे अध्ययन गर्नुपर्छ। पहिला यहाँ आओस्, त्यसपछि हेर्छु।’

नागरिकतासम्बन्धी विवाद पुरानो भएको र यो रोगकै रुपमा रहेको उनले बताईन । ‘यो आजको रोग होइन, अंगीकृतका विषयमा संविधानले पनि बोलेको छ। केही हामीले अपनाउनुपर्ने विषय छ।’ राष्ट्रपति भण्डारीले भनिन्– मेरो सीमाभित्र रहेर मैले काम गर्नुपर्छ। कतिपय कुराहरु हामीले भन्न मिल्दैन। म पदमा बहाल रहँदा वा नरहँदा जुनसुकै अवस्थामा पनि प्रचलित कानूनको पालना गर्दा बाहेक अरु अवस्थामा कुनै किसिमबाट पनि प्रकट वा सङ्केत गर्ने छैन भनेर हामीले सपथ खाएका हुन्छौं।’

राष्ट्रपति भण्डारीले अहिलेको सत्ता वा प्रतिपक्षको गठबन्धन आफ्नो मामिला वा सरोकारको विषय नरहेको बताईन । उनले गठबन्धन जसजसले गरे पनि सबैले देशको हितमा सोच्नुपर्ने बताइन्।

‘गठबन्धन के कस्तो छ, मेरो मामला होइन। जस्तो भए पनि जनतामा राम्रो होस्। कसले राम्रो काम गर्छ त्यसलाई जनताले न्याय गर्छन्।’ उनले भनिन्- कमसेकम देश र जनताको हित हुनुपर्यो।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै