Comments Add Comment

सपना रोक्का मगर एक्कासी किन भईन् हस्पिटल भर्ना ?

स्वास्थ्यमा समस्या आएपछि बेवारिसेको सेवामा सधै तत्पर हुने समाजसेवी सपना रोक्का मगर बिहानदेखि हस्पिटल भर्ना भएकी छिन। सास फेर्नलाइ गाह्रो हुने अनि बोमिट भएर हल्का बल्ड देखिको कारण अब ३/४ दिन हस्पिटलको रेस्ट गर्नु पर्ने उनले आफ्नो फेसबुकमा उल्लेख गरेकी छिन।

पछिल्लो जानकारी अनुसार उनको स्वास्थ्यमा सुधार भइरहेको छ भने तेही दिन चिकित्सक को निगरानीमा अस्पतालमै बस्नुपर्ने बताएका छन् । समाजसेवी सपना ले बिबिसीमा नाम दर्ज गराईसकेपछी नेपाली बजार तातेको थियो ।उनलाई भेट्न र उनको विचार सुन्न धेरैले साचो व्यक्त गरेका थिए ।

को हुन सपना रोक्का मगर ?

बीबीसी विश्वसेवाले विश्वभरका प्रेरणाका स्रोत मानिने एक सय महिलाहरु मध्येमा एक जना नेपाली युवती छानिएकी थिइन् । बेवारिसे अवस्था रहेका लासहरुलाई व्यवस्थापन गर्ने संस्थामा आवद्ध १८ वर्षीया सपना रोक्का मगरलाई बीबीसी विश्वसेवाले प्रेरणादायी र प्रभावशाली महिलाको सूचीमा छानेको हो ।
१२ महिना र कोरोना महामारीको अवधिमा पनि सकृय रहेका मध्ये बीबीसीको ‘बीबीसी १०० वमेन २०२०’ मा परेका एक सय महिलामा फिडल्याण्डको महिला प्रधानमन्त्री सन्ना मरिनदेखि अक्सफोर्ड युनिभरसिटीका कोरोना भाइरसलाई नेतृत्व गर्नेमध्ये एक साराह गिल्बर्ट हुँदै नेपाली चेली सपनासम्म परेका थिए।

बीबीसीले चार विधामा ती एक सय महिलाहरु छानेको थियो । जसमा ज्ञान, नेतृत्व, सिर्जनशीलता र पहिचान छन । बीबीसीका अनुसार शव (दाह संस्कार) व्यवस्थानको प्राविधिक रुपमा कार्यरत मगरले तीन महिनासम्म घरवार विहीन भएपछि वेवारिसे बनेको मानिसहरुको लास जलाउने गरेकी छन् ।
शव दाह संस्कार अघि अस्पताल लगेर पोस्ट मार्टम गर्ने र पैतिस दिनसम्म कोही दावी गर्न नआए दागबत्ति दिने काम उनी र सम्बद्ध संस्थाले गर्दै आएको छ । ‘यो काम समाजसेवी हुनका लागि मात्र नभै आत्मासन्तुष्टीका लागि गरेको हु’, उनले बीबीसीलाई भनेकी छिन, ‘मानिस वेवारिसे भए पनि दाह सस्कार हुनु पर्छ । जसले मृत्यवरण गर्ने मानिसको आत्माले शान्ति पाउँछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै