Comments Add Comment

प्रचण्ड–बामदेवलाई भेट्न घनश्याम भुसाल बीचमा किन पुगे?

एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसाल र माओवादी केन्द्रका नेता शक्ति बस्नेतबीच दिउँसो भेटघाट भएको थियो । उनीहरूको भेटघाटको मक्सदचाहिँ एमाले–माओवादी केन्द्रका दोस्रो तहका नेताहरूबीच ‘लुज संयन्त्र’ बनाउनेसँग जोडिएको थियो । भुसालसहितका एमालेका केही नेताहरू राजनीतिक रूपमा नेकपाकै पक्षमा रहेका छन् ।

त्यसैले, उनीहरू एमाले–माओवादी केन्द्रबीच एकता हुनुपर्ने पक्षमा जोड दिन्छन् । आउने चुनावमा वाम गठबन्धनको पृष्ठभूमि तयार गर्नका लागि यो भेटघाटको उद्देश्य रहेको अनुमान गरिन्छ ।
अर्कातिर सिंहदरबारमा प्रचण्ड र बामदेव गौतमबीच छलफल भइरहेको छ । बस्नेतसँगको भेट सकिएपछि भुसाल पनि उक्त छलफलमा सहभागी भए । प्रचण्ड र बामदेव समाजवादी केन्द्र बनाउनेबारेमा छलफल गरिरहेका थिए । केही सातादेखि उनीहरू यो छलफलमा लागेका छन् । र, साउनभित्रै केन्द्र बनाइसक्ने तयारीमा छन् ।

यो केन्द्रमा गौतमको अलावा बाबुराम भट्टराईलाई समेत समेटेर एकीकृत समाजवादी र माओवादी केन्द्रले समाजवादी केन्द्र बनाउने तयारी छ। यो केन्द्रले एउटै चुनाव चिह्न र घोषणापत्र लिएर चुनावमा जाने तयारी गरेको छ ।

एमाले नेता घनश्याम भुसाल सिंहदरबारमा प्रचण्ड र बामदेवसँगको छलफलमा भेटिनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै