Comments Add Comment

वैदेशिक रोजगार र अबिश्वास अनि ह!त्या :यस्तो छ कहानी

भरतपुर । भरतपुर १० रमाइलो चोकका ४० वर्षीय कृष्ण आचार्य ६ वर्षको दुवई पछि गत जेठ महिनामा घर फर्किए । घरपरिवारमा थाहै नदिए एक्कासी दुवई भएका श्रीमान घर आएपछि श्रीमती रुष्मा र छोरी रोयस्ना अचम्मित बने । लामो सयम विदेश वसेर आएका श्रीमान्ले आउने वित्तिकै श्रीमतीको घाँँ\टी अठ्याए । घटनाको प्रत्यक्षदर्शी थिइन् छोरी ।

अन्य व्यक्तिसँग श्रीमतीको सम्बन्ध रहेको शंका गरेका कृष्णले आउनेवित्तिकै ज्या!नै लिने सम्मको प्रयास गरेपछि असार २ गते रुष्मा जिल्ला प्रहरी कार्यालय चितवनमा घरेलु हिं!सा सम्बन्धी निवेदन लिएर पुगिन् । असार ३ गते प्रहरीले महिला सेलमा छलफल गरायो । त्यतिखेर छलफल निष्कर्षमा नपुगेपछि असार १७ गते दोस्रो पटक पुन बोलायो ।

रुष्माले यो पटक आफ्नो माइती पक्षको वुवा नआएको भनी केही समय दिन आग्रह गरिन् । प्रहरीले असार ३१ गतेका लागि पुन बोलायो । त्यस दिन प्रहरीमा सहमति भयो । दुवै जनाले सहमति कागजमा हस्ताक्षर गरेका छन् । तर, रोहवरमा कोही पनि छैनन् । सहमति पत्रमा दुवै जनाले कानुनी प्रक्रिया अपनाउने र आआफ्नो सुरले वस्ने भन्ने छ ।

सरकारी विद्यालयमा पढाउने रुष्माले शारीरिक, मानसिक र आर्थिक तीन खाले यातना श्रीमानबाट पाएको भनी दिएको घरेलु हिंसाको निवेदनले अशान्त बनेको घरपरिवारलाई आआफ्नो बाटो लाग्ने सहमतिसम्म पु¥यायो । तर कानुनी रुपमा छुट्टिने भनी आपसमा दुइ जना मात्रै उपस्थित भएर गरेको सहमति कायन्वयन प्रक्रियामा रहँदैमा श्री!मान कृष्णले श्रीमती रुष्माको ह!त्या गरे ।

भरतपुर १० स्थित रमाइलो चोकमा ३ तले घर छ । घरको दुइ वटा तला भाडामा छन् भने त्यो भन्दा माथि श्रीमती र छोरी भिन्न भान्सा गरेर वस्दै आएका थिए । छोरा विदेशबाट आएपछि आमा पनि एकसाथ भएर त्यो भन्दा पनि माथिल्लो तलामा आमाछोरा वस्दै आएका थिए । सोमबार पशुपति दर्शनका लागि जाने भनी आमा आइतबार नै घरबाट निस्केर आफन्तकोमा गएर वसेकी थिइन् । छोराले वुहारी ह!त्या गर्दा आमा आफन्तकोमा थिइन भने छोरी त्यही थिइन् ।

आइतबार रातको दश वजेतिर धारिलो ह!तियारले श्रीमतीलाई प्र!हार गरेपछि कृष्ण पनि तीन तले घरको छतबाट अगाडि सडक पट्टि हामफाले । ढलान गरेको घरको आँगनमा वजारिएका उनी घा!इते पश्चात उपचारको क्रममा मृ!त घोषणा भए । प्रहरीकोमा मात्र नभइ टोल छिमेकमा पनि उनीहरुवीच्को विवादलाई लिएर पटकपटक मिलाउने प्रयास भएको थियो ।

तर घटना मिल्नु भन्दा थप उग्र बन्दै गयो । सोही घरमा भाडामा वस्नेहरु भने विवाद हुने गरेको बारे आफूहरुलाई थाहा नभएको बताउँछन् । रुष्माको ह!त्या अनुसन्धानको विषय बन्दै गर्दा कृष्ण ह!त्या गरेर भाग्न खोजे वा हाफालेर आ!त्महत्या गरे भन्ने चाँहि अर्को अनुसन्धानको विषय बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै