Comments Add Comment

निरन्तर संघर्ष पछि नागरिकताको समस्या केही मात्रमा भएपनि समाधान भएको छ: अजय निराला

जनता समाजवादी पार्टी (जसपा) का युवा नेता तथा चितवन जिल्ला सचिवालय सदस्य अजय निरालाले नागरिकता बिधयक पारित भएकोमा संसदलाई धन्यवाद व्यक्त गरेका छन् ।

यसैगरी उनले नागरिकता प्राप्त गर्ने मौलिक हकबाट नै अहिलेसम्म नागरिक बन्चित हुनुपरेकोमा दुख व्यक्त गरेका छन् ।आफुले सरकार होस् या आफ्नै पार्टी भित्र होस् यो बिषय लामो समयदेखि आफुले उठाउदै आइरहेको र अहिले केही मात्रामा भएपनि सफल भएकोमा खुशी व्यक्त गरेका छन् ।

उनले भनेका छन् ,`नेपालको संविधानको भाग २ को १०(१) मा “कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित गरिने छैन ।” भन्ने संवैधानिक व्यवस्थाको वावजूद पनि विभिन्न जालझेल र षडयंत्रपूर्ण वहानमा नागरिकता प्राप्त गर्न योग्य लाखौं युवा युवतीलाई यस संवैधानिक हकबाट बञ्चित गराउदै आएको विषयलाई लिएर मैलें विगत लामो समयदेखि , सरकार तथा पार्टी भित्र समेत निरन्तर संघर्ष गर्दै आएको र यस विषयमा आम नेपाली जनताको अटुट विश्वास, सक्रिय सहयोग, सद्भाव एवं सदस्यताले गर्दा नै आज आम जनताको सर्वोच्च संस्था संसदबाट नागरिकता विधेयक पारित भएकोमा सम्पूर्ण देशवासीमा सहर्ष हार्दिक बधाई सहित यस कार्यमा प्रत्यक्ष एवं परोक्ष रुपमा योग्दान गर्नुहुने सबै सबैमा एकमुष्ट हार्दिक आभार सहित विशेष धन्यवाद व्यक्त गर्दछु ´।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै