Comments Add Comment

को हुन् ललितपुर ०३ बाट चुनाव लड्ने घोषणा गरेका अरनिको पाण्डे?

‘एमआईटीबाट विद्याबारिधी, हार्भडबाट स्नातक, विश्वस्तरका वातावरणविद्। जलवायु परिवर्तनका मुद्दामा नेपालको उत्कृष्ट प्रतिनिधित्व गर्नसक्ने क्षमता, ईमान र लगन। बुवा नेपाली, आमा स्वीस, श्रीमती थाइ भएका डा. पाँडे आँफैमा एक सशंत्त ब्याक्तित्व भएका ब्यक्ति हुन् ।

पाण्डेले ललितपुर निर्वाचन क्षेत्र नं. ३ बाट स्वतन्त्र रुपमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । जलवायु परिवर्तनको क्षेत्रमा काम गर्दै आएका पाण्डेले अष्ट्रेलियाको मेलबर्न इन्स्च्यिुट अफ मेलबर्न (एआईटी)बाट विद्यावारिधि गरेका छन् । काठमाडौं उपत्यकाको वायू प्रदूषणको अनुसन्धान गरेका उनले सोही विषयमा विद्यावारिधी गरेका छन् ।

यूएनईपी, युएनडीपी, डब्लूएचओ लगायतका अन्तराष्ट्रिय संस्थामा आवद्ध उनले जलवायु परिवर्तन, दिगो विकास, प्रदूषण लगायतका क्षेत्रमा नेपाल, फिलिपिन्स र जापानमा सरकारको सल्लाहकार भएर काम गरेका थिए ।

उम्मेदवारी घोषणा गर्ने क्रममा पाण्डेले जलवायु परिवर्तनले नेपालमा ल्याउने विनाश र दुःखबारे अन्तराष्ट्रिय स्तरमा आवाज उठाउने बताएका छन् । विकासको मोडलको बहसको आवश्यकता देखेर उम्मेदवार बन्न लागेको उनले प्रष्टाएका छन् । उम्मेदवारी घोषणा गर्ने क्रममा उनले भनेका छन्–‘जलवायु परिवर्तन, वातावरण र दीगो विकास जस्ता क्षेत्रमा देश विदेशमा हासिल गरेको दक्षता र अनुभवले देशको सेवा गर्नेछु।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै