Comments Add Comment

राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गर्ने साइत जुराउदै हरिहर

काठमाडौ ।हालै निता ढुंगाना संग वैवाहिक जीवनमा बाधिएका छन् अभिनेता तथा युवा ज्योतिष हरिहर अधिकारी ।अझैसम्म पनि उनको बिबाहको चर्चा सेलाएको छैन ।

यसैगरी फेरि अएको चर्चा सुरुभएको छ।उनी रबि लामिछाने संयोजक रहेको राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्ने तयारीमा छन् ।उनले केहि दिन अघि मात्रै राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यलय बसुन्धरामा पुगेर रबि लामिछानेलाई भेटेर कुरा गरिसकेका छन् ।नायिका निता ढुंगाना पनि पार्टी कार्यलय पुगेकी थिइन् ।

हरिहरको पहाड स्थायी घर दाङ हो । उनी अहिले काठमाडौंका मतदाता हुन् । यदि हरिहर चुनावमा उठे भने काठमाडौ बाट नै अथवा दाङ बाट नै उठ्ने तयारीमा छन् ।

करिब साढे १ घन्टा भएको कुराकानीमा रविले हरिहरलाई आगामी संसदीय चुनावमा काठमाडौंबाट उम्मेदवार बन्न प्रस्ताव गरेको स्रोतले बतायो ।

‘राजनीतिमा युवा र सक्षम मान्छे आउनुपर्छ , तपाईंलाई स्वतन्त्र पार्टीका तर्फबाट चुनावमा उठ्न म अनुरोध गर्दछु´ भेटमा रबिले भनेका थिए।
यता हरिहर पनि सकारात्मक छन् ।केही दिनमा नै उनी पार्टी प्रवेश गर्ने संकेत दिएका छन् ।
तर अहिले पति हरिहरलाई राजनीतिमा लागेर आफू भने साइडमा नै बस्ने सोच निताको छ।उनी निकट स्रोत भन्छ,`अहिले निता समर्थक को रुपमा रहनुहुन्छ´।

पार्टी कार्यलय नै पुगेको बेलामा रबि लामिछानेले पार्टी अफिसको वास्तु हेर्न लगाएका थिए।हरिहरले केही सामान्य परिवर्तन गर्न सुझाव दिइएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै