Comments Add Comment

एसईईको नतिजा साउन दोस्रो साता सार्वजनिक गर्ने तयारी

राष्ट्रिय परीक्षा बोर्डले साउनको दोस्रो साता माध्यामिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ ।

‘रुजुको काम भइरहेको छ । दोस्रो सातामा नतिजा सार्वजनिक गर्छौं,’ परीक्षा नियन्त्रक अर्जुनबहादुर रायमाझीले भने, ‘यसपटक त्रुटि कम गर्ने गर‍ी काम भइरहेको छ ।’

असार मसान्तमा सार्वजनिक गर्ने भनिए पनि स्थानीय चुनावका कारण ढिला भएको बोर्डको भनाइ छ । गत वैशाख ९ देखि २० गतेसम्म सञ्चालन भएको परीक्षामा ५ लाख १४ हजार ९ सय ७७ परीक्षार्थीले परीक्षा दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै