Comments Add Comment

हेटौंडा क्याम्पस :चिट खोज्न महि,नावारी भएकी छात्राको प्याड खो,ल्न लगाइयो

परिक्षालाई मर्यादित र अनुशासित बनाउन तपाईं परिक्षार्थीलाई कुन हदसम्म कडाईको कल्पना गर्न सक्नुहुन्छ ? परिक्षार्थीले किताब, गेसपेपर,चिट र मोबाइल परिक्षा केन्द्रमा लैजान पाउँदैनन् नै । तर, निषेधित चीजवस्तु लगेको आशंकामा परिक्षामा खटिएका शिक्षकहरुले के के गर्न, गराउन सक्छन् ? प्रश्नको जवाफ सजिलै छ–शरीरको खानतलासी ।

तर त्यसो होइन, हेटौँडामा हिजो अत्यन्तै क्रुर ढंगले शिक्षकले विद्यार्थीमाथि दु्र्व्यवहार गरेका छन् । बागमती प्रदेशको राजधानी हेटौँडास्थित पुरानो शैक्षिक संस्था हेटौँडा क्याम्पसमा स्नातक तह दोस्रो बर्षको परिक्षा दिन पुगेकी दुई छात्रालाई भि!त्री वस्त्र मात्र होइन, महिना्वारी हुँदा लगाइएको प्या्डसमेत खोल्न लगाइएको पाइएको छ ।

त्यही घटनाले आज हेटौँडा क्याम्पसमा आज अकस्मात हुलदंगा भएको छ । हिजोको घटनाबारे सामाजिक सञ्जालहरुमा ब्यापक आलोचना भएपछि घटनासँग सम्बन्धित दुई छात्राका अभिभावक, क्याम्पस सञ्चालक समिति अध्यक्ष मुनु सिग्देल,क्याम्पस प्रमुख देवचन्द्र मानन्धर र सबै विद्यार्थी संगठनका नेताहरु बसेर घटनाको बिश्लेषण भइरहेको थियो । तर,अकस्मात २ सय जनाको हाराहारीमा मकवानपुर बहुमुखी क्याम्पसबाट आएका विद्यार्थीले हेटौँडा क्याम्पसमा नाराबाजी सुरु गरे । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको परिक्षामा मकवानपुर बहुमुखी क्याम्पसको परिक्षा केन्द्र हेटौँडा क्याम्पसमा पर्ने गर्दछ । दुर्व्यवहारमा परेका दुई छात्राहरु पनि मकवानपुर बहुमुखी क्याम्पसकै हुन् ।

भीड आक्रोशित बनेपछि हेटौँडा क्याम्पसका सिसाहरु हानेर क्षति पुर्याइएको छ । क्याम्पसमा खटिएका सुरक्षाकर्मी र विद्यार्थीबीच धकेलाधकेल भएपछि भीडलाई उत्तेजित पार्ने ४ जना विद्यार्थीलाई नियन्त्रणमा लिई हेटौँडा क्याम्पसकै एउटा कोठामा राखिएको बताइएको छ । अहिले भीड नियन्त्रणमा आएको र पुनः क्याम्पस प्रमुख, सञ्चालक समितिकी अध्यक्ष, पीडित छात्रा, उनका अभिभावक र सबै विद्यार्थी संगठनका नेताहरु बसेर पुनः छलफल गर्ने र समस्याको समाधान खोज्ने प्रयास भइरहेको छ । नेविसंघ जिल्ला अध्यक्ष राजु खतिवडा, एमाले अनेरास्ववियुका नेताहरु सन्तोष पौडेल, भुवन मैनाली, समाजवादी अनेरास्ववियुका नेताहरु अरुण बर्ताैला, आकाश अधिकारी, अनेरास्ववियु क्रान्तिकारीका रामकृष्ण शिवाकोटी, विप्लवनिकट विद्यार्थी संगठनका विवेक घलान लगायतका नेताहरु अहिले हेटौँडा क्याम्पस परिसरमै रहेका छन् । सर्वपक्षीय छलफलबाट समस्याको समाधान खोज्ने गरी पहल भइरहेको नेकपा एकीकृत समाजवादीनिकट अनेरास्ववियूका जिल्ला सचिव आकाश अधिकारीले बताए ।

हेटौँडा क्याम्पसले विज्ञप्ती प्रकाशन गरी पीडित पक्ष, अभिभावक र विद्यार्थी संगठनहरुसँग समेत बसी छलफल भइरहेको र समाधान निकाल्ने प्रयास भइरहेकाले संयमता अपनाउन आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै