Comments Add Comment

सिंहदरबारमा प्रचण्ड-बाबुरामबीच भेट,साँझ माधव नेपाल, झलनाथ र वामदेवसँग छलफल गर्ने

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सांसद बाबुराम भट्टराईबीच सिंहदरबारमा बैठक भएको छ।

माओवादी संसदीय दलको कार्यालयमा उनीहरू दुई जनाबीच छलफल भइरहेको छ। बाबुरामलाई केही दिनअघि जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूहले कारबाही गरेको छ।

समाजवादी केन्द्र बनाउने विषयमा बाबुरामले प्रचण्डसँग कुरा गरेको स्रोतको भनाइ छ।

आजै साँझ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र राष्ट्रिय सभा सदस्य वामदेव गौतमबीच यस विषयमा छलफल हुने बताइएको छ।.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै